जापोरिज्जिया आणविक प्लान्टमा आक्रमणः रुस र युक्रेनबीच आरोप प्रत्यारोप « Khabarhub

जापोरिज्जिया आणविक प्लान्टमा आक्रमणः रुस र युक्रेनबीच आरोप प्रत्यारोप


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेन र मस्कोले शनिबार एकअर्कालाई दक्षिणपूर्वी युक्रेनको जापोरिज्जिया आणविक प्लान्टमा आक्रमण गरेको आरोप लगाएका छन्। उक्त आणविक प्लान्टमा गत साता बारम्बार गोलाबारी गरिएको थियो। जापोरिज्जिया युरोपकै सबैभन्दा ठूलो आणविक प्लान्ट हो।

प्लान्टलाई मार्चदेखि रुसले नियन्त्रणमा लिएको छ। उक्त प्लान्टमा सयौ सेना तैनाथ गरेको र हतियार भन्डाण गरेको युक्रेनले रुसमाथि आरोप लगाएको छ।

‘इनरगोदारको सडकमा आफ्नो उपस्थिति सीमित गर्नुहोस। रुसी अतिक्रमणकारीको नयाँ उत्तेजनाबारेमा जानकारी प्राप्त गरेका छौं’, युक्रेनको आणविक एजेन्सी एनरगोआटमले भनेको छ। आफूमाथि लाग्दै आएको आरोप रुसले अस्वीकार गरेको छ। युक्रेनी सेनाले प्लान्टमा हमला गरेको रुसी सेनाको दाबी छ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ६ : २२ बजे

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६