नेप्से परिसूचकको ओरालो यात्रा जारी « Khabarhub

नेप्से परिसूचकको ओरालो यात्रा जारी


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक २७ दशमलव ९२ अङ्कले ओरालो लागेर दुई हजार १० दशमलव शून्य एकमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ७६ अङ्कले ओरालो लागेर तीन सय ८७ दशमलव ९० मा ओर्लेको छ । कूल २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता शेयर रु एक अर्ब ८७ करोड ३२ लाख ८१ हजार आठ सय ९७ मा कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ आठ दशमलव ८७, व्यापार ४७ दशमलव ६९, होटल तथा पर्यटन २१ दशमलव १७, विकास बैंक ४७ दशमलव ४७, जलविद्युत् ४५ दशमलव २१, वित्त ४५ दशमलव एक, निर्जीवन बीमा ५२ दशमलव ८५, उत्पादन १९० दशमलव ७३, अन्य १६ दशमलव ५९, लघुवित्त ५० दशमलव पाँच, जीवन बीमा २३३ दशमलव ६८, सामूहिक लगानी कोष शून्य दशमलव १२ र लगानी एक दशमलव ८५ अङ्कले ओरालो लागेको छ ।

आइतबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ७० अर्ब ५५ करोड ९१ लाख चार हजार आठ सय ८३ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । उक्त कम्पनीको रु १६ करोड ५३ लाख ९६ हजार पाँच सय १४ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु ११ करोड २९ लाख ११ हजार एक सय सात, शिवम् सिमेन्ट रु आठ करोड २० लाख २५ हजार सात सय ५४, स्वाबलम्बन लघुवित्त रु छ करोड ६१ लाख एक हजार ६० र नबिल बैंकको रु चार करोड ४४ लाख २७ हजार एकसय ३४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

नेप्सेका अनुसार अप्पर हेवा खोला आठ दशमलव १०, कालिका पावर कम्पनी दुई दशमलव ८८, सामलिङ पावर कम्पनी दुई दशमलव ४४, सिटिजन म्युचुअल फण्ड एक दुई दशमलव ३६ र जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले दुई दशमलव शून्य एक प्रतिशतले कमाएका छन् ।

त्यस्तै गुराँस लघुवित्त सात  शून्य दशमलव नौ, हिमालयन डिस्टिलरी छ दशमलव १०, इमर्जिङ नेपाल पाँच दशमलव ८३, नेपाल लाइफ इन्स्योरेन्स पाँच दशमलव ७५ र मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले पाँच  दशमलव ३७ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ४ : ३८ बजे

एमालेमा विधान संशोधन नहुने पक्का : पदाधिकारी र केन्द्रीय सदस्यसहित कम्तीमा १०७ नेताले गुमाउँदैछन् पद

काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज बसेको सचिवालय

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ महाधिवेशनको तयारी पूरा

एमाले महाधिवेशन : प्यानल निर्माण गर्न ईश्वर पोखरेल छुट्टै छलफलमा

काठमाडौं – शनिबारदेखि सुरु हुन लागेको नेकपा एमालेको ११ औं

भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज