सोमबार राष्ट्र बैंकले १३ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने | Khabarhub Khabarhub

सोमबार राष्ट्र बैंकले १३ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार २८ दिने ट्रेजरी आगामी भदौ २८ गते परिपक्व हुनेछ । बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ ९१ दिन अवधिको २ अर्ब रुपैयाँ र १८२ लिदन अवधिको ६ अर्ब रुपैयाँ गरी कूल १३ अर्ब रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

त्यस्तै, ९१ दिने ट्रेजरी कात्तिक २९ गते र १८२ दिने ट्रेजरी फागुन २ गते परिपक्व हुनेछ । यसअघि राष्ट्र बैंकले बैंकले ९१ दिन अवधिको ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।

बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १० : ०३ बजे

सूर्यले मानवलाई लगाएको गुन सम्झिने छठ पर्व

काठमाडौँ – छठ पर्व हिन्दू धर्मका सबैभन्दा प्राचीन र आस्थापूर्ण

इटालियन सिरी ए : लाजियोसँग युभेन्टस स्तब्ध

काठमाडौं– इटालियन सिरी ए फुटबलमा लाजियोले जित निकालेको छ ।

देशको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई

त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल : आज नेपाल र भारत भिड्ने

काठमाडौं– त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा आज नेपाल र

संविधान अनुरूप सरकार सञ्चालन र लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्नुपर्छ : राष्ट्रियसभा उपाध्याक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले मुलुकमा संविधान अनुरू सरकार सञ्चालन