नेपाली सेना र अमेरिकी सेनाबीच मंगलबारदेखि संयुक्त सैन्य अभ्यास हुने « Khabarhub

नेपाली सेना र अमेरिकी सेनाबीच मंगलबारदेखि संयुक्त सैन्य अभ्यास हुने


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास मंगलबारदेखि सुरु हुने भएको छ ।

दुई देशका सेनाबीच ‘एक्स–ब्यालेन्स नेल २२–५५३०’ तालिम सञ्चालन हुन लागेको हो । तालिम ३१ भदौसम्म छाउनी र नगरकोटलगायत इलाकामा सञ्चालन हुने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडीबीच संयुक्त अभ्यास हुन लागेकाे हाे । तालिममा नेपाली सेना ८० जना र अमेरिकी सेनाका १६ जना गरी ९६ जना सहभागी हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

तालिमका लागि अमेरिकी सेनाको टुकडी आवश्यक सामग्रीसहित सोमबार नेपाल आइपुगेको छ । नेपाली सेनाका अनुसार तलिम सशस्त्र द्वन्द्वको कानुन, सैन्य निर्णय निर्माण प्रक्रियालगायत विषयमा केन्द्रित हुनेछ ।

अमेरिकी सेनाको विशेष फौजसँग माओवादी द्वन्द्वकालदेखि नै नेपाली सेनाले सहकार्य गरे पनि संयुक्त सैनिक अभ्यासका रुपमा सन् २०१५ देखि ‘ब्यालेन्स नेल’ र ‘टेकनेल’ लाई अघि बढाएको हो । नेपाली सेनाले भारतीय र चिनियाँ सेनासँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ९ : ०० बजे

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग