एक वर्षमा नेपालीले किन्छन् एक अर्बभन्दा बढीको घडी « Khabarhub

एक वर्षमा नेपालीले किन्छन् एक अर्बभन्दा बढीको घडी


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा एक वर्षमा एक अर्बभन्दा बढीको विभिन्न प्रकारका घडीहरू भित्रने गरेका छन् ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्य बराबरको घडी नेपालले आयात गरेको हो ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले १ अर्ब १० करोड १६ लाख ७९ हजार रुपैयाँको घडी भित्रिएको विभागले जनाएको छ ।

सो अवधिमा उक्त मूल्यमा ९० भन्दा बढी विभिन्न प्रकारका घडी नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

गत वर्ष ७७ करोड ३ लाख ८२ हजार रुपैयाँको नाडी घडी नेपालमा भित्रिएको छ । सोही सयमा ७ करोड ३४ लाख ९५ हजार रुपैयाँको भित्ते घडी भित्रिएको देखिन्छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ६४ करोड ५८ लाख ९० हजार रुपैयाँको विभिन्न प्रकारका घडी नेपालले आयात गरेको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १२ : ५० बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर