अवैध लागूऔषधसहित चार जना पक्राउ   | Khabarhub Khabarhub

अवैध लागूऔषधसहित चार जना पक्राउ  


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं, उदयपुर र झापा अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–६ महाँकाल ओरालोबाट करिब ५ ग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने पर्सा वीरगन्ज महानगरपालिका–२९ रतनपुर घर भएका २७ वर्षीय सञ्जय आलम छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले आलमलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट १ केजी ४ सय ग्राम गाँजाको धुलोसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–१२ बस्ने २२ वर्षीय सुजन स्याङतान रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  उदयपुरको चौदण्डीगढी नगरपालिका–६ पुलचोक बेल्टारबाट करिब २ केजी ५ ग्राम गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५४ वर्षीय मङ्गल बहादुर विश्वकर्मा छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो । झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल अगाडिबाट १ ग्राम ८ सय मिलिग्राम खैरो हेरोईनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–४ पेल्टिमारी बस्ने ३३ वर्षीय सत्य नारायण याख्खा छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १२ : ५२ बजे

अजयको ‘सन अफ सरदार २’ जुलाई २० बाट प्रदर्शनमा आउने

काठमाडौं– सन् २०१२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘सन अफ

इरानमा शासन परिवर्तनको चर्चा अस्वीकार्य : क्रेमलिन प्रवक्ता

मस्को– क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले इरानमा शासन परिवर्तनको कुनै

लालबस्तीमै रित्तियो माओवादी

चतरा (सुनसरी) – आफूलाई कम्युनिष्ट दाबी गर्नेहरूले आदर्श मान्ने, साम्यवादका

इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा छौँ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा रहेका

३४ लाख लागतमा खानेपानी आयोजना निर्माण

बेलबारी– मोरङ लेटाङ नगरपालिका–७  समलावासीको लामो समयदेखि खोला, खोल्सा धाएर