अपहरणमा परको २ घण्टामै बालिकाको उद्दार « Khabarhub

अपहरणमा परको २ घण्टामै बालिकाको उद्दार


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– प्रहरीले दाङबाट अपहरणमा परको दुई घण्टामै ३ वर्षीय एक बालिकाको उद्दार गरेको छ । अपहरणको सूचना आएलगत्तै खोजीका लागि जुटेको जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले अपहरणकारीको पञ्जाबाट बालिकाको स–कुशल उद्दार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार सोमबार दिउँसो २ बजे दाङको घोराही उपमहानगरपालिका–१५ स्थित कपासीमा डेरा गरी बस्ने २२ वर्षीया अस्मिता शाहीकी ३ वर्षीया छोरीको अपहरण भएको थियो । अपहरणको सूचनलगत्तै टोली खोजीमा जुटेको थियो ।

प्रहरीका अनुसार कोठाबाटै ती बालिकाको अपहरण भएको थियो । प्रहरीले उनको उद्दारसँगै अपहरणको आरोपमा घोराही उपमहानगरपालिका–९ ढिकपुरका २८ वर्षीय प्रयास चौधरीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ६ : ०८ बजे

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)

‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका