महिला आन्दोलनका नाममा विकृतितर्फ जान हुँदैन : ओली « Khabarhub

महिला आन्दोलनका नाममा विकृतितर्फ जान हुँदैन : ओली


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले महिला आन्दोलनका नाममा विकृतितर्फ जान नहुने बताएका छन् ।

काठमाडौँमा मंगलबार आयोजित अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महिला आन्दोलन विकृतितर्फ जान लागेकालाई रोक्न पार्टीका महिलापंक्तिलाई आग्रह गरेका हुन् ।

महिला जागरण र महिला सशक्तीकरणलाई गलत रुपमा व्याख्या गर्न नहुने बताएका उनले राजनीतिमा महिलाको संख्या धेरै हुनुपर्नेमा जोड दिए ।

महिलाहरूले राजनीति नगरे आधा समाज पछाडि पर्ने बताउँदै अध्यक्ष ओलीले महिलालाई राजनीतिमा आउन हौसाए । महिलाले राजनीति नगरे आधा समाजले राजनीति नगर्ने उनको भनाइ छ ।

राजनीतिप्रति घृणा गर्नु भनेको देश बनाउने कुरालाई घृणा गर्नु रहेको भन्दै उनले राजनीति देश बनाउने र जनताको समस्या समाधान गर्दै समृद्धि गर्ने विषय रहेको दाबी गरे ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ४ : ४४ बजे

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन

पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी

काठमाडौँ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने

माइतीघरमा जलेर घाइते युवतीको वीर अस्पतालमा उपचार जारी

काठमाडौँ- काठमाडौँको माइतीघरमा मंगलबार साँझ आफैलाई आगो लगाएर घाइते भएकी

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र