कर्णालीमा ‘हेल्लो मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन हुँदै « Khabarhub

कर्णालीमा ‘हेल्लो मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन हुँदै


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले ‘हेल्लो मुख्यमन्त्री’ हटलाइन सेवा सञ्चालनको तयारी गरेको छ । कर्णालीका नागरिकका गुनासा तथा समस्या सुन्नका लागि ‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ एप्स र हटलाइन सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त हटलाइन सेवा सञ्चालन गर्ने तयारी गरेको छ । कर्णाली प्रदेशको विकास, समृद्धि र सुशासनका लागि उक्त सेवा सञ्चालन गर्न लागिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उक्त एप्स निर्माणको अन्तिम चरणमा रहेको कार्यालयले जनाएको छ ।

यसका लागि हाम्रा कुरा मुख्यमन्त्री एप्समा कुनै गुनासा तथा समस्या भए पठाउन सकिनेछ भने हटलाइन सेवा १०९६ मा फोन गरेर पनि टिपाउन सकिन्छ । कर्णाली सरकारले विद्युतीय गुुनासो व्यवस्थापन निर्देशिका जारी गरेको छ ।

मुुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको उक्त निर्देशिका अनुसार नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्य लिइएको सचिव आनन्द सारुले जानकारी दिए । यसमा नागरिकले विभिन्न माध्यमबाट गुनासो टिपाउन सक्ने उनले बताए । यसले सरकारका काम थप प्रभावकारी बन्नमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ११ : ०७ बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया