ज्याकलिनविरुद्ध आराेपपत्र दर्ता हुँदै « Khabarhub

ज्याकलिनविरुद्ध आराेपपत्र दर्ता हुँदै


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुकेश चन्द्रशेखर मामलामा अभिनेत्री ज्याकलिन फर्नान्डिज समस्यामा फस्दै गएकी छन् । उनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले आरोपी बनाएको हो । यो मामला २ सय १५ करोड रुपैयाँसँग जोडिएको छ ।

इडीले सुकेशसँग ज्याकलिनको सम्बन्धलाई लिएर कैयौँ पटक अभिनेत्रीसँग सोधपुछ पनि गरिसकेको छ । हालै ईडीले उनको १२ लाखको एफडी पनि जोडेको थियो ।

ज्याकलिनले यो मामलामा साक्षीको रूपमा पहिले नै आफ्नो बयान दिइसकेकी छन् । गत वर्षको डिसेम्बरमा यो मामलामा आराेपपत्र अतिरिक्त सेशन न्यायाधीश प्रवीण सिंहको अदालतमा दर्ता गरिएको थियो ।

यसै वर्षको फेब्रुअरीमा इडीले पिंकी इरानीविरुद्ध सप्लीमेन्ट्री आराेपपत्र दायर गरेको थियो । पिंकीले नै ज्याकलिन र सुकेशको भेट गराएकी थिइन् ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  २ : ३५ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००