पुलिस बुढासुब्बा गोल्ड कपको शीर्ष चारमा « Khabarhub

पुलिस बुढासुब्बा गोल्ड कपको शीर्ष चारमा


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरानमा जारी बुढासुब्बा गोल्डकपमा पोखराको साहारा क्लबलाई पराजित गर्दै विभागीइ टिम नेपाल पुलिस क्लबले शीर्ष चारमा स्थान बनाएको छ ।

सोमबार धरान रंगशालामा सहारालाई सडन डेथमा पुलिसले ४—३ गोल अन्तरले पराजित हराएको हो । खेलको निर्धारित ९० मिनेटसम्म १—१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको ३३ औं मिनेटमा पुलिसका लागि निर कुमार राईको गोलमा सहाराविरुद्ध अग्रता लिएको थियो ।

तर, खेलको दोस्रो हाफमा पुलिसका खेलाडीले फाउल गरेपछि साहाराले पेनाल्टी पाएको थियो । पेनाल्टी प्रहार गरेका साहाराका विश्व अधिकारीले उक्त अवसरलाई सदुपयोग गर्दै ८४ औं मिनेटमा गोल गरे ।

धरान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । गोल्डकपको विजेताले ८ लाख पाउनेछ भने उपविजेताले ४ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ६ : ३१ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र