‘नेपाल इयुको हवाई प्रतिबन्धबाट छिट्टै हट्छ’ « Khabarhub

‘नेपाल इयुको हवाई प्रतिबन्धबाट छिट्टै हट्छ’


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपेली सङ्घ (इयु) को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल हवाई यातायात नियन्त्रक सङ्घले आज यहाँ आयोजना गरेको २१ औँ वार्षिक साधारण सभामा उनले हवाई उड्डयन सुरक्षाको क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेकाले नेपाललाई इयुले सुरक्षा सूचीमा राखिरहन नपर्ने धारणा राखे।

मन्त्री श्रेष्ठले नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा ‘विश्वको औसतभन्दा राम्रो’ अवस्था देखिएकाले इयुले आफ्नो निर्णयबारे पुनर्विचार गर्ने बताए। अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)को परीक्षणमा नेपालको उड्डयन सुरक्षा मापदण्ड कार्यान्वयनको औसत दर ७०.१ प्रतिशत देखिएको थियो । इयुको प्रतिनिधिमण्डल छिट्टै नेपाल आएर स्थलगत अनुगमन गरी हवाई प्रतिबन्ध सूचीसम्बन्धी निर्णय पुनर्विचार गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

इयुको हवाई प्रतिबन्ध सूचीमा रहनु नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय रहेको भन्दै मन्त्री श्रेष्ठले प्रतिबन्ध फुकुवासँगै नेपाली विमान युरोपका आकाशमा उड्न पाउने बताए।

सन् २०१३ यता इयुले हवाई प्रतिबन्ध सूचीमा नेपाललाई राखेको छ भने आइकाओले सन् २०१७ देखि प्रतिबन्ध फुकुवा गरेको छ । मन्त्री श्रेष्ठले हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन सरोकारवाला सबै जिम्मेवार हुनुपर्ने बताए। कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरलगायतलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ७ : १७ बजे

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी