गिर्दो अर्थतन्त्र र अस्थिर राजनीतिका कारण पाकिस्तानको ग्वदर बन्दरगाह जोखिममा « Khabarhub

गिर्दो अर्थतन्त्र र अस्थिर राजनीतिका कारण पाकिस्तानको ग्वदर बन्दरगाह जोखिममा


१ भदौ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गिर्दो अर्थतन्त्र तथा राजनीतिक अस्थिरताका कारण चीनको लगानीमा निर्माण जारी रहेको पाकिस्तानको ग्वदर बन्दरगाहको भविष्य जोखिमा पर्ने देखिएको छ । ग्वदर बन्दरगाहको एकमात्र लगानीकर्ता चीनले यसमा चासो देखाउन छाडेको बताइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार राजनीतिक एवम् आर्थिक अनिश्चितताबीच यस परियोजनाका लगानी योजनाहरु अलपत्र परेका छन् ।

अमेरिकामा आधारित फाइनान्सियल पोस्टका अनुसार हाल यस परियोजनाका लगानीकर्ताहरुले आफ्नो पैसा चिनियाँ मुद्रा युआनमा सञ्चित गर्न थालेका छन ।

पाकिस्तानी मुद्रा रुपैयाँको मूल्य घट्दै गएको अवस्थामा चिनियाँ लगानीकर्ताहरुले आफ्नो पैसालाई पनि चिनियाँ मुद्रामा नै सञ्चित गर्न थालेको बताइएको छ ।

अन्तरबैंकिङ बजारमा एक अमेरिकी डलर बराबर पाकिस्तानी मुद्राको मूल्य २१५ पाकिस्तानी रुपैयाँ पुगेको छ । यसबाहेक ग्वदर बन्दरगाह परियोजनामा पानी, विद्युतजस्ता अत्यावश्यक वस्तुको पनि अभाव देखिन थालेको बताइएको छ ।

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  ७ : ३६ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६