अपराह्न ४ बजेसम्मका मुख्य १० समाचार « Khabarhub

अपराह्न ४ बजेसम्मका मुख्य १० समाचार


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । अपराह्न ४ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१.स्वदेशी उत्पादनको प्रचारप्रसार र बजार विस्तार गर्न आवश्यक

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी सीप र प्रविधिमा आधारित उद्योगबाट उत्पादित वस्तुको प्रचारप्रसार र बजार विस्तार गर्न आवश्यक रहेको बताएका छन् ।

महिला उद्यमी महासङ्घ नेपालको आयोजनामा बिहीबारबाट ललितपुरमा सुरु छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वदेशी श्रम, सीप र कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न सहयोग पुर्‍याउन आग्रह समेत गरे ।

उनले स्वदेशभित्र उपलब्ध कच्चा पदार्थ, स्रोत साधनलाई अधिक परिचालन गरी निकासी प्रवद्र्धनमार्फत विदेशी मुद्राको आर्जन र रोजगारी विस्तार गर्न विशेष ध्यान दिनुपर्ने बताए ।

२. नागरिकता विधेयकलाई राजनीतिकरण गर्न खोजिएको एमालेको आरोप 

नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकलाई राजनीतिकरण गर्न खोजिएको आरोप लगाएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नागरिकता विधेयकमाथिकाे छलफलका क्रममा ज्ञवालीले नागरिकतासम्बन्धी विषय राष्ट्रियतासँग जोडिएको विषय भएकाले कुनै दलले राजनीतिकरण गर्न नहुने बताए ।

उनले नागरिकताका विषयमा जनमत विभाजित किमार्थ गर्न नहुने बताए । त्यस्तै उनले नागरिकता विधेयक छिटो टुंगो लगाउन प्रमुख प्रतिपक्ष रहेको भन्दै जबर्जस्ती, टाउकाको गन्तीको आधारमा टुंगो लगाउन खोजिए यसका दुष्परिणाम राम्रो नहुने जिकिर गरे ।

३. रूपान्तरणको काम आफैबाट सुरु गर्न प्रचण्डको सुझाव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले रूपान्तरणको काम आफैबाट सुरु गर्न पार्टीका नेताहरूलाई सुझाव दिएका छन् । रामवृक्ष यादवको २८ औँ स्मृति दिवसका अवसरमा माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीलाई अघि बढाउन एक व्यक्ति मात्रै रूपान्तरण भएर नपुग्ने भन्दै रूपान्तरणको सुरुवात आफैबाट गर्न पार्टीका नेताहरूलाई सुझाव दिएका हुन्  ।

उनले नेताहरूले आफ्नो भनाई र गराई लाई एकतारुपता ल्याई अन्तरविरोधलाई हल गर्नुपर्ने बताए । समाजवादीको बिचारलाई विकसित गर्ने र समाजवादी क्रान्तिको नयाँ रणनीति बनाउनका लागि बाम आन्दोलनको पुन ध्रुविकरण गर्ने मै जोड रहेको र विभिन्न कोणबाट छलफल भइरहेको उनले बताए ।

४. सहरी विकास मन्त्रालयमा गाभ्ने निर्णयको विरुद्धमा प्रदर्शन

सरकारले खारेज गरेको स्थानीय पूर्वाधार विकास विभागलाई बिना औचित्य नाम परिवर्तन गरि सहरी विकास मन्त्रालयमा गाभ्ने निर्णयको विरुद्धमा सहरी विकास मन्त्रालयका प्राविधिक कर्मचारीहरूले मन्त्रालयमा प्रदर्शन गरेका छन् ।

संघीयता कार्यान्वयनको मर्म अनुसार खारेज भएको विभागलाई नाम परिवर्तन गरि मन्त्रालयमा गाभ्ने निर्णय मान्य नभएको भन्दै मन्त्रालयका इन्जिनियरिङ्ग सेवा सिभिल समुह विल्डिङ्ग एन्ड आर्किटेक्ट उपसमूहका प्राविधिक कर्मचारीहरूले मन्त्रालयमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा केहीबेर भनाभन भएको थियो । खारेज भएको विभागलाई मन्त्रालयमा गाभ्दा कर्मचारीको वृत्ति विकासमै ठूलो असर पुर्याउने उनीहरूको भनाई छ ।

उनीहरूले शहरी एजेण्डालाई छायाँमा पर्ने एवं भवन, आवास तथा शहरी विकासको क्षेत्रमा कार्यरत विल्डिङ्ग एन्ड आर्किटेक्ट उपसमुहका प्राविधिक कर्मचारीहरूको कार्यक्षेत्र र वृत्ति विकासमाथि पटक पटकको हस्तक्षेप बन्द गर्न पनि माग गरेका छन् ।

५. नागरिकता  विधेयक विरुद्ध नेमकिपाद्धारा काठमाडौंमा प्रदर्शन

नागरिकता विधेयक देशघाती भएकाले खारेज गर्नुपर्ने भन्दै नेपाल मजदुर किसान पार्टीेले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक पुन अघि बढाउन लागेको र उक्त विधेयक मुलुकको हितमा नरहेको भन्दै नेमकिपाले बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले देशघाती नागरिकता विधेयक खारेज गर, भारतीय विस्तारवाद मुर्दावाद लगाएका नारा लगाएका थिए । नेमकिपाले नागरिकता विधेयकमा पुन छलफल गरि देशको हितमा सहमतिका साथ अघि बढाउनुपर्ने माग अघि सारेको छ । 

६. एमाले अध्यक्ष ओली झापामा

 एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा  पुगेका छन् । पार्टी कार्यक्रममा सहभागी हुन ओली झापा पुगेका हुन् । केही दिनअघि पनि ओली तीन दिनसम्म झापा बसेर फर्किएका थिए । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ओली गृहजिल्ला गएको नेताहरूले बताएका छन् ।

आज संसद्मा नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ । नागरिकता विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भएलगत्तै ओली झापा पुगेका हुन् ।

७. डेंगुको  प्रकोप उकालो लाग्दै 

काठमाडौँ उपत्यकासहित देशभर डेंगुको प्रकोप उकालो लाग्दै गएको । अहिले सामान्य टाउको दुखाई तथा ज्वरोमा समेत डेंगुको जाँच गराउन अस्पताल पुग्ने गरेका छन्। काठमाडौँको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, टेकुमा दिनदिनै ठूलो सङ्ख्यामा मानिस डेंगीको जाँच गराउन जानेको पाइएको छ ।

एक हप्ता अगाडि तराइमा देखिएको केस अहिले काठमाडौँका मानिसमा संक्रमण बढ्दो क्रममा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले  बताए । पुरै शरीर दुख्ने, उच्च ज्वरो आउने,  टाउको दुख्ने,  लक्षण लिएर बिरामी परीक्षणका लागि आउने गरेको जानकारी दिए ।

८. निवर्तमान क्याम्पस प्रमुख कारागार चलान

बलात्कारको आरोप लागेका निवर्तमान क्याम्पस प्रमुख कारागार चलान भएका छन्। बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख राजेन्द्र नेगीलाई जिल्ला अदालत बैतडीले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार बलात्कारको आरोपमा साउन १ गते पक्राउ परेका निवर्तमान क्याम्पस प्रमुख नेगीलाई जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको हो।

९. चीनमा सुक्खा र गर्मीले जनजीवन प्रभावित

चीनमा सुक्खा र गर्मीले जनजीवन प्रभावित बन्दै गएपछि कृतिम बर्षा गर्ने तयारी थालिएको छ । ठूलो खडेरी र हावामा तातो लहरका बीच मध्य र दक्षिणपश्चिम चीनका केही भागमा पानी पार्न प्रयास गरिएको छ ।

जलाधार क्षेत्रमा खडेरी पर्दा महत्त्वपूर्ण नदी याङ्त्जे सुकेको छ । याङ्त्जे नदीमा पानीको बहाव बढाउन प्रयास थालिएको हो । त्यहाँ कृत्रिम बादलबाट पानी पार्ने गरी काम भइरहेको चिनियाँ अधिकारीले जनाएका छन्।

मध्य चीनको हुवेई प्रान्तले पानी पार्नकै लागि कृत्रिम अर्थात ‘सिल्भर आयोडिन रड’ हरू प्रयोग गरेर बादल उत्पन्न गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । 

१०. अलमुताईरीले  पठाए एन्फालाई पत्र 

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले  अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जबाफी पत्र पठाएका छन् । मुख्य प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फालाई इमेलमार्फत जबाफी पत्र पठाएका हुन् ।

एन्फा महासचिव किरण राईले अलमुताइरीको पत्र प्राप्त भएको जानकारी दिए । महासचिव राईले अलमुताइरीको पत्रमा उल्लेख भएको विषय खुलाउन चाहेनन् । पत्रको अध्ययन र छलफलपछि सार्वजनिक गरिने राईले बताए ।

एन्फाले गत साउन अन्तिम साता छानविन समितिले दिएको प्रतिवेदनका आधारमा जवाफ माग्दै प्रशिक्षक अलमुताइरीलाई पत्र पठाएको थियो । गत बैशाखमा राष्ट्रिय टोलीका १० सिनियर खेलाडीले प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए ।

उक्त विवादबारे छानविन गर्न गठित समितिले तयार पारेको रिपोर्ट अनुसार मुख्य प्रशिक्षक समेत दोषी रहेको देखाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ४ : ४२ बजे

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने, पूर्वसांसद र मन्त्रीलाई नराख्‍ने

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सूचीमा नयाँ अनुहारलाई

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड