सोमालियामा अल शबाबका १७ लडाकु मारिए « Khabarhub

सोमालियामा अल शबाबका १७ लडाकु मारिए


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक सोमालियामा इस्लामिक अतिवादी संगठन अल शबाबका थप १७ लडाकु मारिएका छन् । सुरक्षाकर्मीहरुको कारवाहीका क्रममा उनीहरु मारिएको अधिकारीहरुले जनाएका छन् ।

मारिएका सबै जना अल शबाब समूहका लडाकु भएको जनाइएको छ । सोमालियाको सेनाले सुरक्षा कारवाही अझै पनि तिव्र रुपमा जारी रहेको जनाएको छ ।

सेनाले देशको हालेस, क्वासाली, नुसफानक्सा, बुबुर लागयतका ठाउँमा अतिवादी लडाकू समूह विरुद्धको कारवाही चलाइएको हो ।

सोमालियामा यस वर्षको सुरु देखि नै सुरक्षा कारबाहीलाई तिव्रता र प्राथमिकता दिइएको अधिकारीहरुले जनाएका छन् ।

सुरक्षाकर्मीहरुले कारवाही जारी राखेको लक्षित गरेको सो शबाब समूहले देशका कतिपय ठाउँ आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै आएको छ । त्यसैगरी कतिपय उच्च पदस्थ अधिकारीहरुलाई सो समूहले आक्रमण गरेको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ४ : ४५ बजे

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश

४५ वर्षदेखि भाँडाको भारी बोकेर घुम्ती व्यापार

म्याग्दी– सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ २०३७ देखि भाँडाको भारी