तीज कार्यक्रम खर्चिलो तथा भड्किलोरूपमा नमनाउन आग्रह « Khabarhub

तीज कार्यक्रम खर्चिलो तथा भड्किलोरूपमा नमनाउन आग्रह


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– जिल्ला प्रशासन कार्यालय कैलालीले नजिकिँदै गरेको महिलाहरुको महान चाड हरितालिका तीज कार्यक्रम खर्चिलो तथा भड्किलोरूपमा नगर्न आग्रह गरेको छ । विगत केही वर्षयता हरितालिका तीज पर्व मनाउने नाममा विभिन्न तडकभडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने गरेकोमा त्यस्ता क्रियाकलाप नगर्न कार्यालयले आज एक सूचना जारी गर्दै आग्रह गरेको हो ।

आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवद्र्धन गर्नेबाहेक अन्य कुनै खालका खर्चिला तथा महँगा तीजसँग सम्बन्धित कार्यक्रम सञ्चालन नगर्न नगराउन सम्पूर्ण जिल्लावासीहरुमा अनुरोध गरिएको छ ।

ऐन नियमको विपरीत हुने गरी कोही कसैले अनावश्यक भड्किलोरूपमा तामझाम, तडकभडक र खर्चिलो हुने गरी तीज कार्यक्रमहरु गरे गराएमा कानूनबमोजिम कारवाही हुनेसमेत सूचनामा उल्लेख छ । साथै सुंसस्कार कायम गर्ने यस कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत सङ्घसंस्थाहरु, सञ्चारकर्मीहरु र महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरुबाट सहयोगको अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ६ : २६ बजे

भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरान यात्रा नगर्न आग्रह

तेहरान– इरानस्थित भारतीय दूतावासले बढ्दो क्षेत्रीय तनावको बीचमा भारतीय नागरिकहरूलाई

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । उनलाई शुक्रबार

डोजर रोक्न माग गर्दै सुकुम्बासीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू?

काठमाडौं– सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली गर्ने

मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

महेन्द्रनगर– मधेस प्रदेशसभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको

काठमाडौंमा दुई प्रतिशत वास्तविक सुकुम्वासी, अरू ‘हुकुमबासी’

काठमाडौं– भूमि समस्या समाधान आयोगमा वैशाख १० गते बिहीबारसम्म काठमाडौं