उत्तरी सिरियामा भएको झडपमा १३ सर्वसाधारणको मृत्यु « Khabarhub

उत्तरी सिरियामा भएको झडपमा १३ सर्वसाधारणको मृत्यु


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टर्कीसँग जोडिएको सिरियाको उत्तरी सीमामा भएको पछिल्लो हिंसात्मक झडपमा परी कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ ।

टर्कीको सेना र उनीहरूका सिरियाली समर्थक एवम् कुर्दिस फौज नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्स (एसडीएफ) बीच बढ्दो तनावको पृष्ठभूमिमा यो रक्तपात भएको हो ।

टर्की समर्थित सिरियाली विद्रोहीको नियन्त्रणमा रहेको सीमावर्ती शहर अल–बाबमा गरिएको गोलाबारीमा नौ जना सर्वसाधारणको मृत्यु भएको बेलायतस्थित ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएको छ ।

उक्त मानव अधिकारवादी संस्थाले भनेको छ, “आक्रमणमा परी मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् भने कम्तीमा ३० जना घाइते भएका छन् ।

कुर्दिश बहुल एसडीएफका एक प्रवक्ताले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । गोलाबारी एक व्यस्त बजार क्षेत्रमा भएको थियो । आक्रमणपछि स्थानीय बासिन्दाहरू आक्रमणमा परेका मानिसहरूको उद्धारमा खटिएका थिए ।

एएफपीका एक संवाददाताका अनुसार आक्रमणले बजार क्षेत्रमा क्षति पुर्‍याएको छ र शरीरका अङ्गहरू, छरिएका तरकारी हरू र ठेलागाडाहरू भत्किएका छन् ।

टर्की र सिरियाका कुर्दहरूबीच यसै साता टर्कीले गरेको घातक आक्रमणमा १७ जना सरकारी र कुर्द लडाकुको मृत्यु भएपछि टर्की र सिरियाका कुर्दहरूबीच हिंसा बढेको थियो ।

उत्तरपूर्वी सिरियाको स्वायत्त कुर्द प्रशासनले शुक्रबार टर्कीको आक्रमणले हसाके शहर नजिकैको क्षेत्रमा बालिकाहरूको पुनःस्थापना केन्द्रमा आक्रमण भएको बताएको छ ।

अब्जरभेटरीका अनुसार उक्त केन्द्रमा भर्ना भएका चार जना बालबालिकाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।

टर्कीले एसडीएफको मुख्य घटक कुर्दिस फौजको सम्बन्ध टर्कीमा बेग्लै कुर्दिस्तान राज्यको माग गर्दै युद्धरत समूह पीकेकेसँग रहेको बताउने गरेको छ । पीकेकेलाई टर्कीसहित धेरै मुलुकले आतंकवादी संगठनको सूचीमा राखेका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले हालै उत्तरी सिरियामा कुर्दहरूविरुद्ध व्यापक अभियान चलाउने चेतावनी दिएका थिए ।

तर, सिरियाली द्वन्द्वका प्रमुख अन्तर्राष्ट्रिय घटकहरु इरान र रुसले टर्कीको योजनालाई समर्थन नगरेपछि उक्त सैन्य अभियान अन्यौलमा परेको बताइन्छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ७ : ४७ बजे

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले