वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी | Khabarhub Khabarhub

वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घरेलु टोली वेस्ट इन्डिजलाई  दोस्रो एकदिवसीय क्रिकेटमा ५० रनले पराजित गर्दै न्युजिल्यान्डले शृंखला १-१ को बराबरीमा ल्याएको छ । शनिबार  बिहान दुई सय १३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज  ३५.३  बलमा  सबै विकेट गुमाउँदा मात्र एक  सय ६१ रनमा समेटियो ।

उसका याननिची कारियहले  सर्वाधिक ५२ रन बनाए । यस्तै, अल्जारी जोसेपले ४९ रन जोडे । न्युजिल्यान्डका टिम साउथीले ४ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै  दुई सय १२ रन बनायो । उसका फिना एलेनले सर्वाधिक ९६ रन बनाए  । यस्तै, ड्यारियल मिचेलले ४१  रनको योगदान गरे । 

वेस्ट इन्डिजका  केभिन सिन्केलियरले ४ विकेट लिए । अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ । 

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १२ : ०६ बजे

राष्ट्रपति पौडेल सङ्खुवासभामा

खाँदबारी– राष्ट्रपति रामचन्द्र पौडेल  मादी माध्यामिक विद्यालयको हीरक महोत्सवका अवसरमा

नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापना गर्न समझदारी

काठमाडौं– लगानी बोर्ड र दक्षिण कोरियाली जि–फिलोस कम्पनी लिमिटेडबीच नेपालमा

एक दिन पनि टिकेन शेयर बजारको उछाल, ३८ अंकले घट्यो नेप्से 

काठमाडौं– शेयर बजारको उछाल एक दिन पनि टिक्न सकेन ।

अर्थमन्त्री भन्छन्- अहिलेको भन्दा शक्तिशाली सरकार ०८४ सम्म आउँदैन

ललितपुर- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालको प्रणालीमा सुधार गर्न

भक्तपुर जिल्ला अदालतबाट आशिका तामाङले पाइन् सफाइ

भक्तपुर- जिल्ला अदालत सामाजिक अभियन्ताका रुपमा परिचित आशिका तामाङलाई सफाइ