चीनमा अध्ययनरत विद्यार्थीलाई फर्कन अनुमति « Khabarhub

चीनमा अध्ययनरत विद्यार्थीलाई फर्कन अनुमति


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले लामो समयदेखि नेपालमा रोकिएका विद्यार्थीहरूलाई चीन फर्कन अनुमति दिने निर्णय गरेको छ । चीन सरकारले नेपालसहित दक्षिण एसियाली मुलुकका विद्यार्थीहरूलाई चीनमा अध्ययन गर्नको लागि फर्कन अनुमति दिएको हो ।

काठमाडौँस्थित चिनियां दूतावासले आफ्नो आधिकारिक विच्याटमा चीनमा व्यापारिक भिसा भएका र वैध अध्ययन आवास अनुमति भएका विदेशी विद्यार्थीहरूलाई चीन प्रवेश गर्न अनुमति दिएको जनाएको छ । दूतावासले जारी गरेको सूचनाअनुसार अबदेखि चीनमा शैक्षिक शिक्षा प्राप्त गर्ने दीर्घकालीन विदेशी विद्यार्थीहरूले विदेशी विद्यार्थीहरुको लागि  भिसा आवेदन फारम र विद्यालय भर्ना सूचना वा फिर्ता प्रमाणपत्र प्रस्तुत गरेर अध्ययन भिसाको लागि (X1) मा आवेदन दिन सक्छन् ।

वैध अध्ययन भिसा वा अध्ययन प्रकारको निवास अनुमति धारण गर्ने विदेशीहरूको परिवारका सदस्यहरुचीनमा बस्न चाहन्छन् भने निजी मामिला भिसाका लागि आवेदन दिन सकिने छ । यो भिसामा १८० दिन वा त्यो भन्दा बढी बस्न पाइने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  २ : ४८ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक

इन्द्रजात्राको लिङ्गो ढालियो, गुठी संस्थानद्वारा आठ दिने जात्रा समापनको घोषणा

काठमाडौं – ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो (इन्द्रध्वज) मंगलबार

प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ कार्यसूची

काठमाडौँ – प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । बैठकमा कानुन, न्याय

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर