‘शहीदको सपना पूर्णताले मात्र संघीयता बलियो हुन्छ’ « Khabarhub

‘शहीदको सपना पूर्णताले मात्र संघीयता बलियो हुन्छ’


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले शहीदले देखाएको बाटो र सपना पूरा गर्न सकेमात्र संघीयता बलियो हुने बताएका छन् । ‘प्रदेश स्थापना तथा शहीद दिवस २०७९’ का अवसरमा आज उनले स्वदेश तथा विदेशमा रहेका कर्णालीवासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । संघीय व्यवस्था बलियो एवं दिगो तथा प्रभावकारी बनाउन प्रदेश प्राप्तिको आन्दोलनको मर्म र शहीदको सपना पूरा गर्नुपर्नेमा उनले जोड दिएका छन् । 

शुभकामना सन्देशमा उनले भने ।, ‘संघीय सरकारले प्रदेशलाई आवश्यक अधिकार नदिएर आफूसँगै राख्दा प्रदेश सरकार कमजोर बनेका छन् । यसले संघीय व्यवस्था मजबुत हुन सक्दैन । प्रदेश सरकारलाई बलियो बनाउन चेकमात्र संघीयता बलियो हुन्छ । आन्दोलन र शहीदको बलिदानबाट कर्णाली प्रदेशको स्थापना भएको हो ।’

दशकौँदेखि पछाडि पारिएको कर्णालीलाई संघीय संरचनामा सुदूरपश्चिमसँग जोडेपछि त्यसको विरोधमा छुट्टै प्रदेशको माग गर्दै २०७२ साउन २३ देखि भदौ ४ गतेसम्म कर्णालीमा आन्दोलन भएको थियो । प्रदेश प्राप्तिको उक्त आन्दोलनका क्रममा ज्यानको आहुति दिनुहुने जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका टीकाराम गौतम, यामबहादुर बिसी र गोपालसिंह रजवारको सम्झनामा ‘शहीद स्मारक पार्क’ स्थापना गरिएको छ ।

प्रदेश सरकारले चालु आवमा शहीद स्मृति भत्ता र उनीहरुको परिवारका सन्ततिका लागि छात्रवृत्तिलगायतका कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकास र समृद्धिका लागि ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को दीर्घकालीन सोच पूरा गर्न ‘६ ब’ को नीति अगाडि सारेको बताए ।

प्रदेश स्थापनाका अवसरमा आज कर्णाली प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाही, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंह, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकाय, सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले शहीद पार्क पुगेर माल्यार्पण गरेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ४ : ४४ बजे

११ दिनमा ३५० विपद्का घटना : २० जनाको को मृत्यु, ६६ जना घाइते  

काठमाडौं– वैशाख १ देखि ११ गतेसम्म देशभर विभिन्न प्रकृतिका विपद्का

साँखुमा गोली चल्यो, तीनजना लागूऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको

थापाथलीको सुकुम्बासी बस्तीमा चहलपहल (तस्बिरहरु)

काठमाडौं- शुक्रबार बिहानैदेखि थापाथलीस्थित बागमती किनारमा अवस्थित सुकुम्बासी बस्ती असामान्य

पृथ्वी राजमार्गमा बस दुर्घटना हुँदा ३१ जना घाइते

दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको

प्रधानमन्त्री भन्छन् : सुकुम्वासीमाथि बल प्रयोग हुँदैन, मानवीय ढंगले सुरक्षित स्थानमा सार्छौँ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्वासी