प्रतिनिधिसभाबाट प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित | Khabarhub Khabarhub

प्रतिनिधिसभाबाट प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाले सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले सांसद गिरिको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

२०५१ को संसदीय चुनावमा सिराहा–५ बाट निर्वाचित भएका गिरि २०६२÷०६३ को जनआन्दोलनपछिको पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ र २०७४ को संविधानसभा सदस्य र २०७४ मा सिराहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित ७४ वर्षीय गिरिको गत शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले राखेको गिरिको निधनप्रति शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

प्रतिनिधिसभाको अर्को बैठक ७ भदौ मंगलबार १० बजे बस्ने सभामुख सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १ : ५२ बजे

कालिञ्चाेक गाउँपालिकाको आगामी बजेट ६५ करोड ७६ लाख

दोलखा– जिल्लाको कालिञ्चाेक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति

सुनको मूल्य घट्ने क्रम जारी, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– घरेलु बजारमा बुधबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन १७

उपल्लो मुस्ताङका किसानलाई स्याउका बिरुवामा अनुदान

मुस्ताङ– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको वातावरणीय औसत तापमान वृद्धिसँगै

माधव नेपाल विशेष अदालतमा उपस्थित 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष

आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया

भक्तपुर– भक्तपुर अस्पतालले पाठेघर (आङ) खसेका महिलाको निःशुल्क शल्यक्रिया सेवा