महाअभियोग सिफारिस समितिको दोस्रो बैठक भोलि बस्ने | Khabarhub Khabarhub

महाअभियोग सिफारिस समितिको दोस्रो बैठक भोलि बस्ने


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महाअभियोग सिफारिस समितिको बैठक मंगलबार बस्ने भएको छ । यो समितिको पहिलो बैठक भदौ १ गते बसेको थियो । दोस्रो बैठक ७ गते बस्न लागेको हो ।

समितिका जेष्ठ सदस्य रामबहादुर विष्टका अनुसार मंगलबार दिउँसो २ बजे बैठक बस्ने तय भएको छ । उक्त बैठकमा यसअघि वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको अध्ययन कार्य तालिका पेस गर्ने कार्यसूची छ ।

‘महाअभियोग उपर कुन दिन के गर्ने, कति दिनमा सकाउने भनेर कार्य तालिका पेस गर्ने र पास गर्ने हाम्रो प्रयास रहन्छ’ मंगलबारको बैठकको तयारीबारे जानकारी दिँदै जेष्ठ सदस्य विष्टले भने ।

साथसाथै, समितिको सभापति चयनको विषय पनि उठ्न सक्ने उनले बताए । ‘पहिलो बैठकमा सभापतिको कुरा उठेको थियो । यसबीचमा सभापतिकै लागि खास तयारी त भएको छैन । तर, पनि उठ्न सक्छ,’ विष्टले भनेका छन् ।

प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाअभियोगउपर अध्ययन गर्ने जिम्मेवारी महाअभियोग सिफारिस समितिले २२ साउनमा पाएको थियो । जिम्मेवारी पाएको नौ दिनपछि महाअभियोग सिफारिस समितिको पहिलो बैठक बसेको थियो । पहिलो बैठक बसेको सात दिनपछि मंगलबार दोस्रो बैठक बस्न लागेको हो ।

१ फागुन २०७८ मा ९८ जना प्रतिनिधिसभा सदस्यहरुले जबराविरुद्ध महाभियोग दर्ता गराएका थिए । जबराविरुद्धको महाभियोग प्रस्ताव २९ फागुन २०७८ मा प्रतिनिधिसभा बैठकमा पेस भएको थियो । प्रतिनिधिसभाले २२ साउन २०७९ मा जबराविरुद्धको महाअभियोग प्रस्ताव, महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।

प्रतिनिधिसभा नियमावलीले महाअभियोग दर्ता भएपछि दुई साताभित्रै छानबिनका लागि महाअभियोग सिफारिस समितिमा पुग्ने र समितिले जिम्मेवारी पाएको ३ महिनाभित्र अध्ययन सकाएर सिफारिस गर्नुपर्ने भनेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ४ : ०९ बजे

हुलाक सेवालाई विश्वसनीय र द्रुत बनाए राजस्व बढ्छ : मन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवालाई

जुम्लाका आठ वटै स्थानीय तहले ल्याए बजेट

जुम्ला– यहाँका आठ वटै स्थानीय तहले आर्थिक वर्ष २०८२-८३ का

कोशी प्रदेशसभा : विनियोजन विधेयकमाथिको छलफल सकियो

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को

आन्तरिक उत्पादन बढाउनेगरी राजस्व नीति बनाउन सरकारलाई ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले आन्तरिक उत्पादन तथा स्वदेशी उद्योगहरू समस्यामा

डडेल्धुराका सात वटै स्थानीय तहको बजेट सार्वजनिक, 

अमरगढी– डडेल्धुराका सात वटै स्थानीय तहले मंगलबार आर्थिक वर्ष २०८२/८३ का