निर्वाचन केन्द्रित बैठक गर्दै एमाले | Khabarhub Khabarhub

निर्वाचन केन्द्रित बैठक गर्दै एमाले


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेकपा (एमाले)ले निर्वाचन केन्द्रित योजना बनाउनका लागि पार्टीका विभिन्न कमिटीका बैठक मङ्गलबारदेखि सुरु गर्दैछ ।

आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश तहको निर्वाचनको ठोस योजना बनाउनका लागि पार्टीले यही भदौ १२ गतेसम्म स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटी बैठक र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो ।

मङ्गबारको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालय डाँकेको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालकाअनुसार भदौ ७ गते स्थायी कमिटी बैठक, भदौ ९ गते पोलिटब्युरो बैठक, भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरिएको छ । एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ८ : ३३ बजे

एमालेमा ७० वर्षेबारे प्रदीप ज्ञवाली- सिद्धान्तको विषय नबनाऊँ, विधान महाधिवेशनमा मिल्छ

काठमाडौं– प्रमुख सत्तारूढ नेकपा एमालेमा ७० वर्षे उमेर हदलाई लिएर

दाङका भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

देउखुरी– दाङमा भूमिहीन सुकुम्बासीलाई झण्डै १३ कठ्ठा जग्गाको लालपुर्जा वितरण

एमालेको विधान महाधिवेशन भदौमै, तीनवटा दस्तावेज प्रस्तुत गरिने

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले दोस्रो विधान महाधिवेशनमा ललितपुरको गोदावरीस्थित

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिमा ५५ जनाले दिए आवेदन 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय अन्तर्गतका चार वटा स्वास्थ्य