पाकिस्तानमा पोलियोका बिरामी बढे « Khabarhub

पाकिस्तानमा पोलियोका बिरामी बढे


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानमा पोलियो भाइरसका बिरामी बढेका छन् । यस वर्ष अहिलेसम्म पुष्टि भएका पोलियो भाइरसका सबै सङ्क्रमण देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको दक्षिणी भागमा भेटिएका छन् ।

पोलियो उन्मूलन कार्यक्रमको गुणस्तर बढाउन र सुधार गर्न सरकारले खैबर पख्तुनख्वा दक्षिणी क्षेत्रमा विशेष आकस्मिक प्रतिरोध योजना कार्यान्वयन गर्दै आएको छ ।

केही साताअघिसम्म खोप अभियानमा खटिएका दुई सुरक्षाकर्मीको हत्या भएको थियो । उत्तर पश्चिम पाकिस्तानमा पोलियो खोप समूहलाई सुरक्षा गर्ने दुई सुरक्षाकर्मीलाई बन्दुकधारीले गोली हानेर हत्या गरेका थिए ।

पाकिस्तानमा पोलियो खोप अभियानकर्मी निरन्तर निशानामा पर्ने गरेका छन् । खोप विरोधी भावनाका कारण आतंकवादीहरूले धेरै पोलियो कार्यकर्ता र उनीहरूका गार्ड मारिने गरेका छन् । खोपमा सुँगुरको बोसो हुन्छ भन्ने विश्वास उनीहरूको छ । पाकिस्तान र अफगानिस्तान मात्र देशहरू हुन्, जहाँ पोलियोले महामारीको रूप लिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ७ : १५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना