चितवनमा सवारी साधन तोडफोडमा संलग्न पाँच पक्राउ | Khabarhub Khabarhub

चितवनमा सवारी साधन तोडफोडमा संलग्न पाँच पक्राउ


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युष्टि पार्टीसहित चार साना दलले घोषणा गरेको बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् । प्रहरीले सवारी साधन तोडफोडमा संलग्न भएको आरोपमा पाँच जना बन्दकर्ता पक्राउ गरेको छ ।

चितवन प्रहरीका अनुसार बन्द आह्वानकर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरी सामान्य क्षति पुर्‍याएका छन् ।

चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार सवारी साधन तोडफोड गर्ने पाँच जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको हो।

यसरी सवारी साधान तोडफोडमा संलग्न रहेको आशंकामा भरतपुर नगरपालिकाका अमित घिसिङ, राजनबाबु सिंह, सुरज शर्मा, सुदिप पौडेल र गणेश श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १० : ४५ बजे

अछामको बयलपाटा अस्पताललाई जापानको सहयोग

काठमाडौं– जापान सरकारले अछामको बयलपाटा अस्पताललाई विभिन्न चिकित्सा उपकरण हस्तान्तरण

वर्षाका कारण फोहर व्यवस्थापनमा समस्या नहुने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यस वर्ष

एमालेमा ७० वर्षेबारे प्रदीप ज्ञवाली- सिद्धान्तको विषय नबनाऊँ, विधान महाधिवेशनमा मिल्छ

काठमाडौं– प्रमुख सत्तारूढ नेकपा एमालेमा ७० वर्षे उमेर हदलाई लिएर

दाङका भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

देउखुरी– दाङमा भूमिहीन सुकुम्बासीलाई झण्डै १३ कठ्ठा जग्गाको लालपुर्जा वितरण