धौलागिरि लघुवित्तको आईपीओ बाँडफाँट भोलि हुने | Khabarhub Khabarhub

धौलागिरि लघुवित्तको आईपीओ बाँडफाँट भोलि हुने


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धौलागिरि लघुवित्तको आईपीओ भोलि बुधबार बाँडफाँट हुने भएको छ । धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बिहान १० बजे आईपीओ बाँडफाँट हुनेछ । यो लघुवित्तको आईपीओको प्रि-अलटमेन्टको काम भने आइतबार नै सकिएको थियो ।

धौलागिरि लघुवित्तले गत २४–२९ साउनसम्म आईपीओ बिक्री गरेको थियो । संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

जसमा ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुटाइएको थियो । बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन् ।

निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् ।

धौलागिरी लघुवित्तको आईपीओ गोला प्रथाबाट बाँडफाँट हुनेछ । गोला प्रथाबाट भाग्यमानी ३० हजार ९२९ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् । तिनै भाग्यमानीमध्ये थप ५ जनाले एक–एक कित्ता सेयर पाउनेछन् । यो आईपीओमा १९ लाख बढी आवेदकबाट हात खाली हुने देखिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १२ : ०२ बजे

दोस्रो साताका परानको व्यापारमा उछाल, ग्रस कलेसक्न १० करोड नजिक

काठमाडौं – नीर शाह शीर्ष भूमिकामा रहेको फिल्म ‘परान’ले प्रदर्शनको

‘परान’, ‘जारी २’ र ‘मन बिनाको धन’ हेर्न ६ लाख दर्शक हलमा पुगे, व्यापार १७ करोड

काठमाडौं – कात्तिक १४ देखि २९ गतेको अवधिमा हलहरुमा दर्शकको

मृत्युदण्डको सजायसँगै हसिना र पूर्वगृहमन्त्री कमालको सबै सम्पत्ति जफत गर्न आदेश

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धका तीन अपराधमा मृत्युदण्डको

परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले परम्परागत कोगटी (कपास) खेती संरक्षण र

एनपीएल सुरू हुनुअघि नै त्रिवि रंगशालामा पुगे दर्शक (तस्बिरहरू)

काठमाडौं– आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को लागि