एमालेको स्थायी समिति बैठक जारी « Khabarhub

एमालेको स्थायी समिति बैठक जारी


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल एमालेको स्थायी समिति बैठक जारी छ । मंगलबार बिहान साढे ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय, च्यासलमा स्थायी समिति बैठक सुरु भएको हो ।

प्रतिनिधिसभाको जारी बैठक एक सातासम्म स्थगित गर्न आग्रह गरेर एमाले निर्वाचन केन्द्रित पार्टी गतिविधिमा जुटेको हो । आन्तरिक तयारी पूरा गरेर एमाले निर्वाचनमा होमिने योजनामा रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेले १२ भदौसम्मको कार्यसूची सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार स्थायी समिति बैठक, ९ भदौमा पोलिट्ब्युरो बैठक, १० र ११ गते केन्द्रीय कमिटी बैठक तथा १२ भदौमा केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठक आयोजना गरिने रिजालले बताए । एमालेकै आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आगामी १३ भदौमा बस्ने गरी मंगलबार प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।

एमालेको जारी स्थायी समिति बैठकमा पार्टी अध्यक्ष केपी ओलीले चुनावी रणनीतिबारे आफ्ना धारणा राख्ने भएका छन् । एमालेले ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । 

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १२ : २५ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी