शान्ति प्रक्रिया टुङ्गाउन ल्याइएको विधेयकमाथि एमालेको आपत्ती | Khabarhub Khabarhub

शान्ति प्रक्रिया टुङ्गाउन ल्याइएको विधेयकमाथि एमालेको आपत्ती


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता खगराज अधिकारीले शान्ति प्रक्रिया टुङ्गाउन सरकारले ल्याएको विधेयकमाथि एमालेको गम्भीर आपत्ती रहेको बताएका छन् । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले पीडितहरूको पीडामाथि थप पीडा थप्नेगरी सरकारले टिआरसीसम्बन्धी विधेयक ल्याएको भन्दै यसमा आफूहरूको असहमति रहेको बताएका हुन्

उनले द्वन्द्वकालीन अवस्थामा गिरफ्तार गरेपछि बलात्कार गर्ने, हत्या गर्ने , हतियारको प्रयोग गर्ने कुरा दुवै पक्षबाट भएकाले यसमा कसैलाई छुट दिन नहुने समेत बताए । द्वन्द्वरत दुवै पक्षले मानवअधिकारको गम्भीर उलङ्घन गरेका कुराहरूविशेष अदालत बनाएर ६ महिनाभित्र महान्यायाधिवक्ताले सक्ने जस्ता कुराले पीडितहरूलाई थप पीडा दिने देखिएको उनले बताए । उनले सर्वोच्च अदालतको निर्णय, अन्तराष्ट्रिय मानवअधिकार सम्बन्धी प्रतिवद्धताहरूलाई ख्याल गर्नुपर्ने समेत बताए ।

त्यस्तै कांग्रेस सांसद डिला सङ्ग्रौलाले शान्तिप्रक्रियाका विषयमा कसैले आपत्ती जनाउनु नपर्ने बताए । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग-तेश्रो संशोधन) विधेयकका बारेमा दलहरूले आफ्नो संशोधन राख्न सक्ने उनको भनाई छ । द्वन्दपीडितहरु धर्ना बसेको, मानवअधिकार आयोगले पनि छिटो टुङ्गाउन भनिरहेको अवस्थामा यसलाई छिटो पारित गर्नुपर्ने उनको भनाई छ ।

त्यस्तै माओवादी केन्द्रकी सचेतक रेखा शर्माले द्वन्दकालिन बिषय राज्यको बिषय भएकाले छिटै यसलाई टुङ्गोमा पुराउनुपर्ने धारणा राखे । द्वन्दकालिन मुद्दा समयमा नै नटुङ्दिा शान्ति प्रक्रिया नै टुङ्गोमा पुग्न सकेन भन्न सन्देशलाई अव अन्त्य गर्नुपर्ने बेला आएको उहाको भनाई छ । उहाले बिधेयक सकारात्मक रहेकाले असहमत हुनुपर्ने कुनै कारण नरहेको जिकिर गरे ।

यसअघि मंगलबार नै बसेको प्रतिनिधिसभा बैठकमा सरकारले वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेश्रो संशोधन) विधेयक २०७९ प्रस्तुत गरेको छ । 

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १ : ०६ बजे

को हुन् ब्रिटिस फिल्म ‘कामा’का नायक टंक ?

काठमाडौं – मार्च ७ देखि ब्रिटिस फिल्म ‘कामा’ बेलायत र

हलेसी तुवाचुङ नगरपालिकाको ‘प्रतीक चिह्न’ सार्वजनिक

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिह्न (लोगो) सार्वजनिक भएको छ

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै

काठमाडौं– लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष

हमास युद्ध विरामका लागि दोहामा वार्ता हुँदै

कतार – हमास युद्ध विरामका लागि इजिप्ट, कतार र अमेरिकाको

आज नेपाल र हङकङ खेल्ने

काठमाडौं– चार देशीय महिला टी–ट्वान्टी क्रिकेटमा आज नेपाल हङकङबीच प्रतिस्पर्धा