ज्यान जोखिममा हालेर सेवा दिँदै अछामका स्वास्थ्यकर्मी « Khabarhub

ज्यान जोखिममा हालेर सेवा दिँदै अछामका स्वास्थ्यकर्मी

प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधि रमिते !


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

अछाम- अछामका केही दुर्गम स्थानका स्वास्थ्यकर्मीहरू ज्यान जोखिममा राखेर जनतालाई स्वास्थ्य सेवा दिइरहेका छन्। जिल्लाका दुर्गम ठाउँमा सहज यातायातको पहुँच नहुँदा जोखिम मोलेर भए पनि जनतालाई स्वास्थ्यकर्मीले सेवा प्रदान गरिरहेका छन् ।

गाउँघरमा नियमित खोप सञ्चालन गरिरहँदा होस् या अन्य कोरोना लगायतका खोप सञ्चालन गर्न गाउँघरमा जाँदा स्वास्थ्यकर्मीले ठुलो दुख कष्ट भोग्नु परिरहेको छ । ठुला ठुला खहरे खोला र भिर पाखाको सामना गर्दै जोखिम मोलेर गाउँघरसम्म पुग्नु पर्ने बाध्यता स्वास्थ्यकर्मीलाई छ ।

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारमा गाउँघर क्लिनिकद्वारा खोप दिन गएका स्वास्थ्यकर्मीहरू जोखिम मोलेर खोला तरिरहेको तस्बिर सार्वजनिक भएको छ । सुतार स्वास्थ्य चौकी बाट करिब ३ घण्टाको पैदल दुरी हिँडेर खोला तर्नु पर्ने बाध्यता रहेको रामारोशन गाउँपालिका स्वास्थ्य शाखा संयोजक प्रभुनाथ देवकोटाले जानकारी दिए ।

केही दिन अघि खोप प्रदान गर्न गएका दुई जना स्वास्थकर्मीहरुको तस्बिर सार्वजनिक भए पछि अहिले उक्त ठाउँमा स्थानीय बासीले केही सहजताका लागी काठको पुल निर्माण गरिसकेको उनले बताए । यता जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले स्वास्थ्यकर्मीहरूले जोखिम मोलेर खोला पार गर्न लागेको तस्बिर सामाजिक सञ्जालमा राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले तस्बिर सार्वजनिक गर्दै लेखेका छन्,स्वास्थ्यकर्मीले खोप तथा क्लिनिक सञ्चालन गर्न कहिले सम्म यसरी जोखिममा जानू पर्ने हो ? स्थानीय सरकार, प्रदेश सरकार धेरै ठूलो बजेट पनि चाहिँदैन होला सानो झोलुङ्गे पुल बनाउन ।

जिल्लाका दुर्गम क्षेत्रमा वर्षाका बेला खोला नाला बढ्ने र पुल समेत नुहदाँ यात्रा गर्न कठिनाइ भइरहेको छ । जिल्लाका भुलु रहफ, सुतार सिउडी सोकट लगायतका दुर्गम ठाउँमा सहज यातायातको व्यवस्था नुहदाँ स्वास्थ्यकर्मीले समेत जोखिम मोलेर यात्रा गर्नु परिरहेको छ।

जिल्लाका दुर्गम क्षेत्रमा वर्षाका बेला खोला नाला बढ्ने र पुल समेत नुहदाँ यात्रा गर्न कठिनाइ भइरहेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  २ : ४० बजे

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण

काठमाडौं– पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण पनि