‘महापुरूष’ ले चिनाएका डेब्यु अभिनेता अरुण क्षेत्री « Khabarhub

‘महापुरूष’ ले चिनाएका डेब्यु अभिनेता अरुण क्षेत्री


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’ ले डेब्यु अभिनेता अरुण क्षेत्रीलाई चिनाएको छ । नयाँ पोस्टर सार्वजनिक गर्दै टिमले अरुणको क्यारेक्टरको बारेमा जानकारी दिएको छ । 

सार्वजनिक क्यारेक्टर पोस्टरमा अरुणले बाइक कुदाउँदै गरेको देख्न सकिन्छ । उनको पछाडि हरिवंश छन् । उनीहरू बाइकमा गुड्दै गर्दा स्पिड ब्रेकरमा बाइक पुगेपछिको दृश्यलाई क्यारेक्टर पोस्टर बनाइएको छ । उनले फिल्म विज्ञानको भूमिका निर्वाह गरेका छन् । उनी फिल्ममा हरिवंशका कान्छा छोरा हुन्छन् । 

उनी फिल्ममा अडिसनमार्फत सेलेक्ट भएका हुन् । ‘मैले फिल्ममा काम गर्ने सोच बनाएपछि नै केही मेकर्ससँग काम गर्छु भन्ने सपना बोकेको थिएँ । त्यसमध्ये एक रवीन्द्र दाइ र प्रदीप दाइसहितको टिम थियो । उहाँहरूसँग जोडिन पाउँदा निकै उत्साहित छु,’ अरुणले भने । फिल्मका निर्मातासँगै कलाकारसमेत रहेका रवीन्द्रसिंह बानियाँले क्यारेक्टर चाहिएको जानकारी दिएपछि कास्टिङ डिरेक्टरको रूपमा काम गर्ने थियटर आर्टिस्ट सुदाम सिकेले नै अरुणको बारेमा जानकारी दिएका थिएँ । 

‘हामीले क्यारेक्टर चाहियो भनेपछि सुदामले उनको बारेमा जानकारी दिए । पछि अडिसन भयो । उनले भूमिकालाई जीवन्त बनाएपछि हामीले सेलेक्ट गरेका हौँ,’ बानियाँले भने । अडिसनमै अरुण अन्तिम समयमा पुगेका थिए । ‘म लगभग अन्तिममा पुगेको थिएँ । हरि बासँग मैले दृश्य गरेर अडिसन दिनुपर्ने थियो । त्यो नै मेरो स्क्रिन टेस्ट पनि थियो । त्यहाँ गरेको अभिनयले मलाई फिल्ममा सेलेक्ट गरायो,’ अरुणले भने । 

त्यसो त अडिसन भएको एक हप्तापश्चात उनलाई ‘सेलेक्ट’ भयौ भन्ने जानकारी आएको थियो । यद्यपि दोस्रो लकडाउन भएपछि प्रोजेक्ट ढिला भयो । प्रोजेक्ट ढिलो हुँदा अरुणलाई काम गर्न पाइन्छ भन्नेमा शंका लाग्यो । ‘मैले धेरै अडिसन दिएको थिएँ । धेरै अडिसनले मलाई रिजल्ट दिएन । मैले २० भन्दा बढी अडिसन दिएको छु,’ उनले भने । त्यसो त अरुणको ‘कन्फीडेन्ट’ ले नै फिल्ममा उनलाई सेलेक्ट गरायो ।

‘हरि दाइसँग अभिनय गर्दा देखिएको आत्मविश्वासले हामीलाई उनमा कलाकार देखायो । उनले गरिरहेको मेहनत मात्र नभई काम पनि प्रशंसनीय छ । उनले अभिनयमा देखाइएको आत्मविश्वास गज्जब छ । एउटा राम्रो अभिनेता बन्नेछन् अरुण,’ रविन्द्रले भने । फिल्मसम्बन्धी अध्ययन गरेर नै अभिनयमा आएका अरुणले अभिनय गरेको पहिलो फिल्म ‘आइएम ट्वान्टी वान’ हो । फिल्म आउँदो ११ कात्तिक अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ । 

सामाजिक विषयवस्तुमा आधारित ड्रामामा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतको अभिनय छ । फिल्ममा प्रदीप भट्टराईको लेख्न र निर्देशनसमेत रहेको छ । सोसल ड्रामा ‘महापुरूष’ मा समाजले मान्छेलाई महापुरुष बनाउने स्थिति व्यंग्य गरिएको छ । निर्देशक भट्टराईले जात्रा, शत्रुगतेजात्रैजात्रामार्फत आफूलाई निर्देशकमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगतेबाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्म लिएर आउँन लागेका हुन् । उनी यसपटक यसअघिका फिल्मभन्दा झनै कन्फिडेन्ट छन् ।

षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । कलाकारसमेत रहेका रवीन्द्र कथावस्तुले दर्शकलाई छुनेमा विश्वस्त छन् । 

‘सामाजिक कथावस्तुमा फिल्म बनाएका छौँ । आफ्नै मौलिक कथा र नाम महापुरुष राखेका छौँ । हामीले अघिल्लो गरेका कामहरूभन्दा यसपटक झनै माझिएका छौँ,’ उनले भने । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी। गुरुङको सम्पादन छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रूपमा फिल्ममा डेब्यु गर्दै छन् । चारवटा गीत रहने फिल्मका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ३ : ११ बजे

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना