पार्टी सिनियर नेताको अपमान गरेकोमा विश्वप्रकाशको आपत्ति « Khabarhub

पार्टी सिनियर नेताको अपमान गरेकोमा विश्वप्रकाशको आपत्ति


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको सिनियर नेताको अपमान हुने गरी भइरहेको प्रवृत्तिप्रति आपत्ति जनाएका छन् ।

नाम उल्लेख नगरी झापाका एक युवकले अग्रज नेताबारे अप्रीतिकर ढंगबाट टिप्पणी भइरहेको भन्दै उनले आफ्नै पक्षधरता भए पनि आफूले सकारात्मक रुपमा लिन नसक्ने बताएका छन् ।

अग्रज नेताबारे होच्याउने गरी भइरहेको गतिविधिलाई आफूले बारम्बार विनम्र ढंगले सम्झाउँदा र चेतावनी दिँदा पनि रूपान्तरण नभएपछि यसबारे सामाजिक सञ्जालमा पोष्ट गर्न बाध्य भएको महामन्त्री शर्माको भनाइ छ ।

यसबारे शर्माले फेसबुकमा लेखेका छन् :

विश्वप्रकाश शर्मा ( या अन्य कोही नेतृत्व )को समर्थन या सार्वजनिक प्रशंसा गर्ने तर पार्टीकै ( या अन्य पार्टीकै पनि ) कोही अग्रज (या कसैलाई पनि ) होच्याउने गरी टिप्पणी गर्ने प्रवृत्ति सुसंस्कृत चरित्र होइन ।

झापाका एक पढेलेखेका युवा (नाम उल्लेख नगरौँ, जिल्लाका साथीहरूले बुझिहाल्नु हुन्छ) ले पार्टीका केही अग्रजका बारे बेलाबेला अप्रीतिकर ढंगको टिप्पणी गर्ने तर विश्वप्रकाशको पक्षधरता प्रकट गर्ने, विषयलाई मैले सकारात्मक रूपमा ग्रहण गर्न सकेको छैन । त्यस्तो प्रवृत्ति नराख्न बारम्बार विनम्र ढंगले सम्झाउँदा र चेतावनी दिँदा पनि रूपान्तरण नभएको स्थिति दृष्टिगत गरेर यो पोस्ट गर्न बाध्य भएको छु ।

कसैले मेरो आलोचना गर्न चाहँदा संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताका कारण म त्यसलाई स्वागत गर्दछु । तर, मेरो निकट रहेको कसैले पनि अरू कसैलाई स्वस्थ आलोचनाभन्दा पर नकारात्मक टिप्पणी गर्दा म त्यसलाई ठाडै अस्वीकार गर्दछु । यो आचारसंहितामा म दृढ छु, यो अनुशासन पालना नगर्ने व्यक्तिलाई निकटताबाट बिदाइ गर्नु मेरो नियमित दायित्व हुन्छ ।

(ती युवा गत वर्षको मंसिर यता कुनै निकट जिम्मेवारीमा नरहेको समेत प्रस्ट्याउँदछु )

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ५ : २९ बजे

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने

प्रधानमन्त्री कार्कीसँग देउवा, ‌ओली र प्रचण्डको छलफल

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी

‘बाजिगर’ र ‘डर’ मा शाहरुखको भूमिकाबाट प्रभावित थलापथी विजय

काठमाडौं– बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नो फ्लिम करिअरमा केही यस्ता

प्रशिक्षण केन्द्रहरूबीच सहकार्य सुदृढ गर्न नेटवर्किङ कार्यशाला

काठमाडौं– खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास० क्षेत्रको क्षमता विकासलाई अझ

हात्ती सुन्दरी प्रतियोगिता : पुनम कली बनिन् प्रथम

चितवन– चितवनको सौराहामा जारी तीन दिने हात्ती महोत्सव अन्तर्गत आइतबार