मकवानपुरमा पाँच हजारभन्दा बढी भूमिहीन  « Khabarhub

मकवानपुरमा पाँच हजारभन्दा बढी भूमिहीन 


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्मती– मकवानपुरमा पाँच हजार ६ सय ८४ जना भूमिहीन रहेको एक तथ्यांकले जनाएको छ । राष्ट्रिय भूमि आयोग मकवानपुरका अनुसार जिल्लाको १० वटा स्थानीय तह रहेकोमा  सो सङ्ख्यामा घरपरिवार भूमिहीन रहेको बताइएको छ ।

आयोगका सदस्यसचिवसमेत रहेका नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीले जिल्लाको १० वटा  स्थानीय तहमा गरी तीन हजार दुई सय २१ जना भूमिहीन दलित, दुई हजार चार सय ६३ जना  भूमिहीन सुकुम्बासी  रहेका छन् । साथै  ३३ हजार तीन सय २६ जना अव्यवस्थित बसोबासीले जग्गा प्रमाणपत्रका लागि निवेदन दिएको बताइएको छ ।

प्रमुख सुवेदीले जिल्लाको बाग्मती गाउँपालिकामा तीनजना भूमिहीन  दलित परिवारले  लालपुर्जा प्राप्त गरिसकेको तथा अझै ३० जनाले जग्गा प्राप्त गर्ने तयारी अवस्थामा रहेको जानकारी दिए । राष्ट्रिय भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले छिट्टै नै जग्गाधनी प्रमाणपत्र लालपुर्जा प्राप्त  गर्ने र त्यसअनुसार काम भइरहेको बताए ।

मकवानपुरको बाग्मती, बकैया गाउँपालिकाको दुईवटा वडा  तथा  हेटौँडा उपमहानगरपालिकाको  ११ नं  वडामा  लालपुर्जा वितरण गर्न आवश्यक काम भइरहेको उनले बताए । अध्यक्ष दाहालले चुरे तथा विभिन्न वन आरक्षण क्षेत्रभित्र रहेको स्थानमा लालपुर्जा वितरण गर्न नसकिनेसमेत जानकारी गराए । 

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ५ : २२ बजे

देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पश्चिमी

आज वैशाख शुक्ल नवमी : सीता जयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति

शनिबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख १२ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १२ गते शनिबार। वैशाख

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना