प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसका सङ्क्रमित भेटिए « Khabarhub

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसका सङ्क्रमित भेटिए


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । प्राप्त समाचारअनुसार उक्त मुलुकमा एक जनामा इबोला भाइरसको सङ्क्रमण भेटिएको हो ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको स्वास्थ्य मन्त्रालयले मुलुकको उत्तरी किभु प्रान्तमा एक जनामा इबोला भाइरसको सङ्क्रमण देखिएको विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

यहाँ यसअघि पनि गत जुलाईमा ४६ वर्षका एक पुरुषमा इबोला भाइरसको सङ्क्रमण देखिएको थियो । इबोलाकै कारण उनको यही अगष्ट १७ मा निधन भएको सो मन्त्रालयले जनाएको थियो ।

यसअघि पनि सन् २०१८ र सन् २०१९ मा प्रजातान्त्रिक गणतन्त्र कङ्गोका दुई उत्तरी प्रान्तहरु किभु र इतुरीमा इबोला भाइरसको ठूलो सङ्क्रमण भेटिएको थियो ।

सो सङ्क्रमणमा परी यहाँका तीन हजार आठ सयभन्दा बढी व्यक्ति प्रभावित भएका थिए । सो दुई वर्षको अवधिमा मात्र यहाँका दुई हजार दुई सयभन्दा बढीको निधन पनि भएको थियो ।

त्यस समय अफ्रिकाका अरु देशमा पनि इबोलाको सङ्क्रमण पाइएको थियो । त्यसमा परेर हजारौँ व्यक्तिले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ७ : ३१ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने