दिनभर आज : यी हुन् छुटाउन नहुने मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् छुटाउन नहुने मुख्य समाचारहरू


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिनभर सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने सरकारको निर्णय, कर्मचारी समायोजनविरुद्ध परेका अधिकांश रिटहरू खारेज, निर्वाचनका लागि काँग्रेसले देशै भर कर्मचारी खटायो, निर्वाचन केन्द्रित हुन नेता कार्यकर्तालाई ओलीको निर्देशन, १३० भूमिहीन दलित परिवारलाई लाल पुर्जा, सप्तरीमा प्रहरी र तस्कर समूहबीच दोहोरो झडप समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन
सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि मापदण्डमै सहमति नभएपछि आजका बैठक पनि निष्कर्षविहीन भएको छ ।

भोलि पुनः छलफल गरेर भदौ ९ गतेसम्म टुंगो लगाइने कार्यदलका सदस्य तथा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए । कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला नै अस्वस्थताका कारण आज अनुपस्थित भएका थिए ।

भोलि पुन बस्ने गरी आजको बैठक सकिएको छ । आजको बैठकमा सिट बाँडफाँडका आधारहरूमाथि नै छलफल भइरहेको उनले बताए ।

उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने सरकारको निर्णय
सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पूर्व मुख्यसचिव लीलामणि पौडेयालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय भएको बताएका छन्।

देशको आर्थिक अवस्था र खर्चको बहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब भत्ता पारिश्रमिक एवम् सुविधा पुनरवलोकन गरि सरकारलाई सिफारिस गर्न आयोग गठन गरिएको उनले बताए ।

बैठकले बालाजु त्रिशुली सडक खण्डको मुड्खु तीनपिप्ले ५ दशमलव ५ किलोमिटर सडक निर्माण कार्य तत्काल अगाडी बढाउन बिशेष परिस्थीतिमा बोलपत्र आह्वान गरि खरिद प्रक्रियामा लैजान सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।

कर्मचारी समायोजनविरुद्ध परेका अधिकांश रिटहरू खारेज

सर्वोच्च अदालतले कर्मचारी समायोजनविरुद्ध परेका अधिकांश रिटहरू खारेज गरेको छ । अदालतले सो मुद्दामा फैसला गर्दै आजसमायोजनविरुद्ध परेका अधिकांश रिटहरू खारेज गरेको हो ।

कर्मचारी समायोजनसम्बन्धी कतिपय मुद्दा खारेज गरिदिएपछि लोक सेवा आयोगलाई नयाँ कर्मचारी भर्नाको बाटो खुलेको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले फैसला सुनाएको हो ।

निवेदन खारेज भएका मुद्दाका निवेदक कर्मचारीहरु अहिले बहाल भएकै स्थानमा काम समायोजन अन्यायपूर्ण भएको भन्दै कर्मचारीहरुले समायोजनविरूद्ध असार ७ मा दर्ता भएका ९९ रिटमा संवैधानिक इजलासले फैसला सुनाएको हो ।

निर्वाचनका लागि काँग्रेसले देशै भर कर्मचारी खटायो
सत्तारुढ दल नेपाली कांग्रेसले आगामी निर्वाचन अभियानका लागि देशभरि प्रतिनिधि खटाएको छ ।

१० गतेदेखि हुने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । नेपाली कांग्रेसले आगामी निर्वाचनलक्षित अभियानकालागि ७७ वटै जिल्लामा तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउने भएको हो ।

निर्वाचन केन्द्रित हुन नेता कार्यकर्तालाई ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्रको पुराना समस्यामा नफस्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

पार्टी कार्यालय ललितपुरको च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले एमालेभित्र पनि आत्मकेन्द्रीत हुने पुरानो प्रबृति रहेको भन्दै यसमा नफस्न आग्रह गरेका हुन् ।

निर्वाचनका लागि नेतृत्वमा बसेकाहरुले सवै ठाउ पुगेर सवैलाई समेट्नुपर्ने उनले बताए । उनले उम्मेदवारी नपाएर असन्तुष्टि हुने कामले निकै घाटा हुने गरेको भन्दै एकजुट भए सहज रुपमा जित्न सकिने जिकिर गरे ।

त्यस्तै अध्यक्ष ओलीले यसअघि आफुले अघि सारेको नागरिकता सम्बन्धी कानूनलाई प्रचण्डले रोकेर अहिले भने छलफल नै नगरि अघि बढाएको बताए ।

आफ्नै चूनाव चिन्हमा चुनाव लड्ने माधव नेपालको स्पोष्टोक्ति
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा आफ्नै चूनाव चिन्हका साथ निर्वाचनमा जाने बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा आज सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले माओवादी केन्द्रसंग कसरी मिलेर जान सकिन्छ भन्ने बिषयमा प्रारम्भीक चरणको कुराकानी भएको भन्दै आगामी निर्वाचनमा भने आफ्नै चूनाव चिन्हमा लड्ने बताएका हुन्। पाँच दलिय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्ने उनको भनाई छ ।

त्यस्तै माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले माओवादी र एकीकृत समाजवादीसंग बिचार र राजनीतिक कार्यदिशामा पनि एकरुपता रहेकाले र फेरी पनि बामशक्तिहरु एकठाउमा आउनुपर्ने भएकाले एउटै घोषणापत्रमा चूनाव लड्ने तयारीमा रहेको बताएका छन् ।

राष्ट्रपति भण्डारी र ‘ग्लोबल काउन्सिल फर टलरेन्स एण्ड पिस’ प्रतिनिधिमण्डबीच भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष हाल नेपाल भ्रमणमा रहेका ‘ग्लोबल काउन्सिल फर टलरेन्स एण्ड पिस’ प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

संस्थाका अध्यक्ष अहमद अल जरावानको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले आज राष्ट्रपति भवन, महाराजगञ्जमा शिष्टाचार भेट गरेको हो ।

अवसरमा प्रतिनिधिसभाका सदस्य हृदयेश त्रिपाठी, प्रतिनिधिमण्डका विभिन्न आठ देशका संस्थासँग आबद्ध सदस्य तथा सांसदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति थियो ।

१३० भूमिहीन दलित परिवारलाई लाल पुर्जा
। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले नागरिकलाई रोजगारी खोज्न बाहिर हिँड्नु नपर्ने गरी काम गर्न सरकार प्रतिबद्ध बताएका छन् ।

कैलालाीको लम्कीचुहा नगरपालिका वडा नं. ३ को बादी बस्तीमा १३० भूमिहीन दलित परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गर्दै उहाँले यस्ता बताएका हुन् ।

मन्त्री श्रेष्ठले भूमिको समुचित प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम शुरु गरिसकेको बताए ।

सप्तरीमा प्रहरी र तस्कर समूहबीच दोहोरो झडप
सप्तरीमा तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी तस्कर समूहबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर भएको छ ।

जिल्लाको बलान बिहुल गाउँपालिका– ४ बेल्हीमा आज दिउँसो भारतबाट ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । तस्करहरुको ढुंगा प्रहारबाट तीन जना प्रहरी पनि घाइते भएको जनाइएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

भारतबाट सामान तस्करी गरेर एक घरमा राखिएको सूचना पाएपछि प्रहरीको टोली पुगेको थियो । घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पु¥याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा प्रहरी र तस्करबीच दोहोरो झडप भएको हो । अहिले सुरक्षाकर्मीले ती सामान नियन्त्रणमा लिएको र यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि  
नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ७ सय ५७ पिसिआर परिक्षणका क्रममा ३ सय ४३ जना र २ हजार १ सय ९२ एन्टीजेन परिक्षणका क्रममा २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय १७ जना निको भएका छन् । हाल नेपालमा ४ हजार २ सय २१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

.

 

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ८ : २६ बजे

२५ प्रकारका नयाँ औषधी दर्ता गर्ने विभागको निर्णय 

काठमाडौं– औषधी व्यवस्था विभागले २५ प्रकारका नयाँ औषधी दर्ता गर्ने

बैंकिङ क्षेत्रको नाफा बढ्यो, वाणिज्य बैंक समूह अगाडि

काठमाडौं– बैंकिङ क्षेत्रको नाफामा वृद्धि भएको छ । नेपाल राष्ट्र

१६ महिनापछि स्थापना भयो भूकम्प पुननिर्माण आयोजना इकाई 

सुर्खेत– भूकम्प गएको १६ महिनापछि भूकम्प पुननिर्माण आयोजना इकाई कार्यालय

डा. सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने तयारी, दोस्रो पटक सोधियो स्पष्टीकरण 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कन्सल्टेन्ट नेफ्रोलोजिष्ट (नवौँ तह) का

रुपन्देही अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत पुगेका