साढे २० अर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात  « Khabarhub

 साढे २० अर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात 


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालले भारतबाट २० अर्ब ६४ करोड ४८ लाख ५६ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ ।  गत साउन महिनामा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास नेपाल भित्रिएको हो । 

विभागका अनुसार साउनमा नेपालले ८ अर्ब ९८ करोड ९ लाख २ हजार रुपैयाँको डिजेल आयात गरेको छ । सोही समयमा भारतबाट ६ अर्ब ३८ करोड ५९ लाख ५३ हजार रुपैयाँको पेट्रोल र ५ अर्ब २७ करोड ८० लाख १ हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको विभागले जनाएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा नेपालले १४ अर्ब ६१ करोड ६२ लाख ६९ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको थियो । 

गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनमा नेपालले ६ अर्ब २ करोड ८५ लाख ८७ हजार रुपैयाँ बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ । 

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १२ : १७ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार