बाँकेमा चुनावी चहलपहल सुरु | Khabarhub Khabarhub

बाँकेमा चुनावी चहलपहल सुरु


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा- आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर बाँकेमा चुनावी चहलपहल सुरु भएको छ । राजनीतिक दलहरुले चुनाव केन्द्रित गतिविधि सञ्चालन गर्न थालेका छन् भने स्वतन्त्र उम्मेदवारको घोषणा गर्ने क्रम पनि बढ्दै गएको छ ।

तीन सङ्घीय र छ प्रदेश निर्वाचन क्षेत्र रहेको बाँकेमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरुले चुनाव केन्द्रित अभियानसहित सक्रियता देखाउन थालेका छन् । निर्वाचनलाई लक्षित गरेर नेकपा (एमाले) ले एक महिने अभियानअन्तर्गत वडादेखि जिल्लास्तरका भेला तथा प्रशिक्षण कार्यक्रम सकेर निर्वाचन क्षेत्रस्तरीय भेला बैठक गरिरहेको पार्टी अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए।

उनका अनुसार पार्टी अभियान र निर्वाचन लक्षित योजनासहित पार्टीका सबै तहलाई क्रियाशील बनाउन निर्देशन गरिएको छ । जनता समाजवादी पार्टीले निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएको छ ।

उक्त पार्टीका केन्द्रीय सचिव एवं भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राईको उपस्थितिमै एक चरणको निर्वाचन केन्द्रित कार्यक्रम गरिएको जिल्ला सचिव राजेन्द्र विश्वकर्माले बताए। आसन्न निर्वाचनलाई मध्यनजर गरेर नेपाली कांग्रेसले आन्तरिक तयारी गरिरहेको जिल्ला सभापति नारायण गौडेलले बताए। उनले अन्य दलसँग गठबन्धन भए पनि नभए पनि कांग्रेसले निर्वाचन केन्द्रित आफ्नो आन्तरिक तयारी गरेको उल्लेख गरे।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बाँकेमा उम्मेदवारी घोषणा गरेका स्वतन्त्र उम्मेदवारले पनि आफ्नो चुनावी अभियान सुरु गरेका छन् । बाँके क्षेत्र नं २ बाट स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेका दिवाकर खनाल र प्रदेशसभामा राजकुमार रौनियारले मङ्गलबारबाट चुनावी अभियान सुरु गरेका छन्।

समर्थकहरूको उपस्थितिमा हनुमान चालिसा पाठ गरेर विधिवत् रूपमा आफ्नो चुनावी अभियानको सुरुआत भएको स्वतन्त्र उम्मेदवार खनालले जानकारी दिए । मङ्सिर ४ गते तय भएको निर्वाचनमा बाँके निर्वाचन क्षेत्र– २ को प्रदेश ‘ख’ बाट अभियानकर्मी डा विनोद कर्णले पनि स्वतन्त्र उम्मेदवार घोषणा गरी चुनावी प्रचारप्रसारमा लागेका छन्।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १ : ०४ बजे

दरौँदी यातायातको बस झ्याप्ले खोलामा पुरिएको आशंका

काठमाडौं– गत शुक्रबार बिहान गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको यात्रुबस

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्म्पादन समितिको बैठक आज बस्दैछ ।

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त

काठमाडौं– नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण भएको

प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका

सप्तकोशीमा पानीको सतह अति खतराको विन्दुमा

सुनसरी– सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह अति खतरनाक विन्दु पार