राष्ट्रपतिको पछिल्लो गतिविधिले आशंका पैदा भयो : अध्यक्ष नेपाल « Khabarhub

राष्ट्रपतिको पछिल्लो गतिविधिले आशंका पैदा भयो : अध्यक्ष नेपाल


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो गतिविधिले आशंका पैदा भएको बताएका छन्।

समाजवादी पार्टी पुनर्गठन दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा नेपालले राष्ट्रपति भण्डारीको पछिल्लो गतिविधिका बारेमा गठबन्धन बैठकमा पनि छलफल भएको र कतै अनिष्ट त हुन लागेको होइन भन्ने प्रश्न उठेको बताएका हुन्।

राष्ट्रपतिले पूर्व आर्मी चिफ बोलाएर भोजन दिने कामले शंका जन्माएको उनको भनाइ छ । उनले अहिले दरबारवाला, राजावादी शक्ति कति क्रियाशील छन् भन्नेमा हेरिरहेको जिकिर गरे। त्यस्तै अध्यक्ष नेपालले गठबन्धन बैठकमा यसअघिको स्थानीय चुनावमा आफ्नो पार्टीको मतलाई अवमूल्यन गर्न खोजिएको र आफूहरूको ध्यानाकर्षण गराएको जानकारी दिए।

२७ प्रतिशत सिटमा उम्मेदवारी दिँदा ९ लाख २७ हजार भोट पाएको भन्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा १५ देखि २० लाख मत पाए १५/२० वटा सिटलाई कसैले रोक्न नसक्ने दाबी गरे। उनले  आगामी निर्वाचनमा गठबन्धनको मात्रै भर नपर्न र आफ्नो तयारीलाई पनि तीव्र पार्न नेता कार्यकर्तालाई निर्देशन दिए।

त्यस्तै उनले यसअघि पार्टीभित्रको गुटबन्दी र व्यक्तिवाद हाबी भएका कारण नै आफूहरूले विद्रोह गर्नुपरेको बताए। कम्युनिष्ट भित्र अझै पनि व्यक्तिवादी प्रवृत्ति देखिएकाले सबै सजक हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ५ : ३२ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ