सडक बनाउन माग गर्दै साँखुबासीले नेताको बाटो छेके « Khabarhub

सडक बनाउन माग गर्दै साँखुबासीले नेताको बाटो छेके


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सडकको अवस्थाबाट आजित बनेका साखुँवासीले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता माधवकुमार नेपालको बाटो छेकेका छन् । शङ्खरापुर नगरपालिकाले सोमबार आयोजना गरेको नगरसभा कार्यक्रममा पुग्नुभएका नेपाललाई विभिन्न पटक आश्वासन दिने तर सडकको निर्माणमा चासो नदिने भन्दै साँखुवासीले बाटो छेकेका हुन् ।

साँखु क्षेत्रबाट दुईपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेको भन्दै इन्द्रायणीका मिलन खड्काले जनताको समस्या सुन्नका लागि समय दिनुपर्ने माग गरे । खड्काले सडकका कारण दुर्घटना नभएको दिन नभएको भन्दै सडक सुधार तथा छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न नेपालसमक्ष माग राखे ।

स्थानीयवासीले जनताको समस्या सुन्नका लागि नेता नेपालसमक्ष आह्वान गरेपछि नेपाल पछि आउँछु भनेर कार्यक्रमस्थलबाट गाडी चढेर हिँडेका थिए। सोही क्षेत्रबाट निर्वाचित भएर पनि जनताको गुनासो सुन्न समय नदिएर हिँडेको भन्दै स्थानीयवासी सर्वसाधारणले नेपालविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

चावहिल–साँखु सडकखण्डका सर्वसाधारण लामो समयदेखि सडकको दुरवस्थाका कारण निकै समस्यामा छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोले दिनहुँ हैरानी खेप्नुपरेको उनीहरूको गुनासो छ । सडक निर्माणमा विलम्ब भएको भन्दै छिटो निर्माण गर्न सम्बन्धित पक्षसँग उनीहरूको माग छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ११ : ०५ बजे

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक

जेन-जीका फौजदारी मुद्दा फिर्ता लिँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइयो

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै