काठमाडौँ महानगरले गम्भीर रोग लागेका बिरामीलाई मासिक पाँच हजार उपचार खर्च दिने « Khabarhub

काठमाडौँ महानगरले गम्भीर रोग लागेका बिरामीलाई मासिक पाँच हजार उपचार खर्च दिने


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरले गम्भीर रोग लागेका बिरामीलाई मासिक पाँच हजार उपचार खर्च दिने निर्णय गरेको छ । मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई उपचार खर्च उपलब्ध गराउने महानगरले जनाएको हो ।

महानगरले बिहीबार सूचना जारी गर्दै मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधोपचारबापत खर्च उपलब्ध गराइने बताएको छ । महानगरले तोकिएका बिरामीलाई निवेदन दिन सूचनामार्फत आग्रह गरेको छ । महानगरको ३१ साउनको निर्णयअनुसार बिरामीको विवरण माग गरिएको हो ।

महानगरमा स्थायी बसोबास गरिरहेका र राज्यबाट अन्य कुनै सेवा–सुविधा तथा सामाजिक सुरक्षा भत्ता नलिएका बिरामीलाई बिरामीको विवरण कागजातसहित आफ्नो वडा कार्यालयमा निवेदन दिन भनिएको छ ।

निवेदन दिन नेपाली नारिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, अन्यत्रबाट बसाइँ सरेर आएको हकमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि, चिकित्सकबाट प्रमाणित गर्न उपचार भइरहेको अस्पतालको चिकित्सकबाट प्रमाणित गरिएका अन्य कागजात र मेरुदण्ड पक्षघात भएका व्यक्तिका हकमा अपांगता परिचयपत्रको (रातो वा नीलो) प्रतिलिपि बुझाउन महानगरले आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ६ : ४३ बजे

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको