विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज भदौ ९ २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट २५, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

ताइवानले रक्षा बजेट बढायो

ताइवानले आर्थिक वर्ष सन् २०२३ का लागि रक्षा बजेटमा १७ अर्ब ३० करोड अमेरिकी डलर प्रस्ताव गरेको छ । सो प्रस्तावित बजेट चालु बजेटको तुलनामा १४ दशमलब ९ प्रतिशतले बढी हो ।

चीनले स्वशासित टापु वरिपरि आफ्नो सैन्य अभ्यास शुरु गरेको हप्ता दिनपछि बजेट बढाउने प्रस्ताव गरिएको हो । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि यस क्षेत्रमा तनाव बढेको छ ।

प्रस्तावित बजेटमा नयाँ अत्याधुनिक लडाकु जेट विमान र समुन्द्री तथा हवाई उडानलगायतका कार्यक्रमका लागि १०८.३ अर्ब ताइवानी डलर समावेश गरिएको छ ।

प्रस्तावित बजेटमा नयाँ अत्याधुनिक युद्ध जेटका लागि एनटीडी १०८ दशमलब ३ अर्ब ताइवानी डलर र समुद्री तथा हवाई लडाई क्षमता बढाउनका लागि पनि विभिन्न कार्यक्रमहरु समावेश गरिएको छ ।

अर्को विशेष कोष समावेश भएमा कुल बजेट ५८६ दशमलब ३ अर्ब ताइवानी डलर पुग्ने जापानबाट प्रकाशित हुने निक्के एशियाले जनाएको छ । बजेट अब विधायिका युआनमा अनुमोदनको लागि पठाइनेछ, जुन अर्को महिनादेखि शुरु हुँदैछ ।

पछिल्लो समय ताइवानमा बढ्दो चिनियाँ आक्रामकतासँग जुधिरहेको बताइएको छ । बेइजिङले यस महिनाको शुरुमा ताइवान वरिपरि सबैभन्दा ठूलो सैन्य अभ्यास सञ्चालन गरेपछि आफ्नो सुरक्षा गर्ने क्षमतालाई लिएर ताइवानमा थप चिन्ता बढेको प्रतिवेदनहरूले उल्लेख गरेका छन् ।

सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि चीनको जनमुक्ति सेनाले ताइवान र यसको बाहिरी टापुहरू वरपर विमान, ड्रोन, क्षेप्यास्त्र र युद्धपोतहरूको तैनाथी बढाएको छ ।

इथियोपियामा हिंसा पुनः बढेकोमा राष्ट्रसङ्घका महासचिव स्तब्ध

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले आफ्रिकी मुलुक इथियोपियामा पुनः हिंसाको सुरुवात भएकामा आफू स्तब्ध भएको बताएका छन् ।

उनले भनेका छन्– ‘इथियोपियामा बढेको हिंसाले मलाई निकै दुःखी तुल्याएको छ, म स्तब्ध भएको छु ।’ उनका अनुसार गिरे, अमराह, ओरोमो, अफ्रासलगाायतका क्षेत्र यसअघि नै निकै लामो समदेखि हिंसाको चपेटामा परेका छन्, ती क्षेत्रमा थप हिंसा भड्किएकाले स्तब्ध भएको उनको भनाइ छ ।

उनले विद्रोहीहरु र सरकारका बीचमा जतिसक्दो चाँडो शान्ति वार्ताका लागि पनि जोड दिएका छन् । तर वार्ताका माध्यमबाट समस्याको समाधान गर्ने पक्षमा यहाँका विद्रोहीहरु नरहेका अधिकारीहरुले जनाएका छन् ।

इथियोपियामा हिंसा गरिरहेका टिगरे पिपुल्स लिबरेसन फन्ट, टिपीएलएफले केही वर्षयतादेखि हिंसा मच्चाइरहेको छ । उनीहरुको सशस्त्र विद्रोहमा परेर कैयौँ नागरिकको ज्यान पनि गएको छ ।

संयुक्त राष्ट्रसङ्घले पटक पटक यहाँ शान्ति स्थापनाका लागि सरकार र टिपिएलएफका बीचमा वार्ता गर्न आग्रह पनि गरिरहेको छ ।

केही दिनयतादेखि यहाँको सरकारले वार्ताका लागि गरेको आग्रहलाई बुधबार सो विद्रोही समूहले अस्वीकृत गरेको छ । उता संयुक्त राष्ट्रसङ्घले भने शान्तिवार्तामा जोड दिँदै आएको छ ।

टिगरेलगायतका यहाँका कतिपय स्थानमा जारी रहेको हिंसाका कारण मानवीय सहायता लिएर गएका सहायताकर्मीलाई पनि सहायता बाँड्न दिएका छैनन् ।

संयुक्त राष्टसंघका कैयौँ कर्मचारी यहाँका विद्रोहीहरुले नियन्त्रणमा लिने र खाद्यान्नलगायतको सहायता सामग्री पनि लुट्ने गरेका छन् ।

रकेट आक्रमणबाट सिरियामा तीन अमेरिकी सैनिक घाइते

सिरियामा रकेट आक्रमणबाट तीन अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकाले आक्रमणको हेलिकप्टरबाट हमला गरेर जवाफ दिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले विज्ञप्ति मार्फत जनाएको छ।

मिसन सपोर्ट साइट कोनोकोमा एक सैनिकलाई सामान्य चोटपटक लागेको जनाइएको छ । अन्य दुई जनालाई भने सामान्य घाइते भएका छन ।

संदिग्ध इरान समर्थित लडाकुहरूले बुधबार साँझ उत्तरपूर्वी सिरियाको कोनोको र ग्रीन भिलेजमा अमेरिकी सेनाहरू बस्ने दुईवटा बेसमा रकेटहरू प्रहार गरेका थिए ।

अमेरिकी सेनाले भने सो आक्रमणको हेलिकप्टर प्रयोग गर्दै जवाफ दिएको जनाएको छ । जवाफी आक्रमणमा रकेट प्रक्षेपणमा प्रयोग गरिने तीनवटा गाडी र उपकरणहरू नष्ट गरेको बताएको छ । आक्रमण बारे अनुसन्धान भइरहेको छ ।

युक्रेनी रेलवे स्टेशनमा रुसी आक्रमणका कारण २२ जनाको मृत्यु

युक्रेनी रेलवे स्टेशनमा रुसी आक्रमणमा २२ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका छन् ।

पूर्वी सहर च्यापलिनमा भएको आक्रमणमा एक ११ वर्षीय बालकसहित ५ जनाको एउटै गाडीमा जलेर मृत्यु भएको छ । विस्फोटपछि चार ओटा यात्रु कारमा आगो लागेको उनले बताए । हताहत हुनेको संख्या बढ्ने अनुमान गरिएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार आफ्नो देशले मस्कोसँगको युद्धको ६ महिना पूरा गरेको बताएका छन् ।

आक्रमणबारे रुसले कुनै प्रतिक्रिया सार्वजनिक नगरेको बीबीसीले उल्लेख गरेको छ ।

कोरोना अपडेट

भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात बुधबार मध्यरातिसम्म दश हजार सात सय २५ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको छ ।

यसैसँगै भारतमा चार करोड ४३ लाख ७८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात बुधबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा दश हजार छ सय ४९ जनामा सङ्क्रमण देखापरेको थियो ।

दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९४ हजार चार सय ४७ जना रहेका छन् ।

गत २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार चार सय ८८ भन्दा बढीको मृत्यु भएको छ ।

भारतमा हिजो एक दिनमा १३ हजार ८४ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख ४ सय ५७ जना कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयबाट हालसम्म दुई अर्ब दश करोड ८२ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ३९ लाख १६ हजार सात सय २३ जना कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

यसैबीच दक्षिण कोरियामा पछिल्लो अभिलेखअनुसार हिजो मात्र एकलाख १३ हजार तीन सय ७१ नयाँ कोभिड–१९ का बिरामी थपिएका छन् । योसँगै देशमा कारोना पीडित हुनेको सङ्ख्या दुई करोड २७ लाख एक हजार चार सय ७५ पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

सङ्क्रमणबाट एक सय ८ जनाले ज्यान गुमाएका छन् । देशमा कोभिड सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या २६ हजार तीन सय ३२ पुगेको छ ।

श्रीलङ्काली पूर्वराष्ट्रपति राजापाक्षे स्वेश फर्किने

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्कने भएका छन् । हाल थाइल्याण्डमा निर्वासनमा रहेका उनी सेप्टेम्बरको पहिलो हप्तामै स्वदेश फर्कने तयारीमा रहेका छन् ।

राजापाक्षे सेप्टेम्बर २ वा ३ मा फर्किने सम्भावना रहेको स्रोतलाई उद्धृत गर्दै श्रीलंकाबाट प्रकाशित हुने डेली मिरर अखबारले जनाएको छ । राजधानी कोलम्बोमा चर्को राजनीतिक विरोधपछि र देशको आर्थिक सङ्कटबाट आक्रोशित प्रदर्शनकारीबाट खतरा देखेपछि उनी गत जुलाई १३ को बिहान श्रीलङ्काबाट भागेका थिए ।

सिङ्गापुर पुगेपछि उनले राष्ट्रपति पदबाट राजीनामा दिएका थिए जहाँ उनलाई १४ दिने भ्रमण पास जारी गरिएको थियो ।

अगस्ट ११ मा पूर्वराष्ट्रपति श्रीलङ्का सरकारको अनुरोधमा थाइल्याण्ड पुगेका थिए । उनको मिरिहाना निवासमा कडा सुरक्षा व्यवस्था गरिएको छ ।

थाइल्याण्डले श्रीलङ्काका पूर्वराष्ट्रपतिले देशमा शरण मागेको खबरलाई अस्वीकार गरेको छ । थाइल्याण्डको विदेश मन्त्रालयले राजपाक्षेलाई राजनीतिक शरण नलिने उद्देश्यले देश भ्रमण गर्न अनुरोध गरेको बताएको छ ।

यसअघि श्रीलङ्का पोदुजाना पेरामुना (एसएलपीपी) पार्टी ले राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई पूर्वराष्ट्रपति फिर्ताको व्यवस्था गर्न अनुरोध गरेको थियो । त्यसलगत्तै राष्ट्रपतिले राजापाक्षेलाई देश फर्काउने व्यवस्थाबारे छलफल गर्न सम्पर्क गरेको बताइएको छ ।

गोटाबायाका भाइ महिन्दा राजापाक्षे नेतृत्वको एसएलपीपीले वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घेसँगको भेटमा उक्त माग राख्दै गोटाबाया राजापाक्षेलाई श्रीलङ्कामा सुरक्षित यात्रा सुनिश्चित गर्न राष्ट्रपतिसँग अनुरोध गरेको छ ।

बङ्गलादेशमा क्षयरोगका कारण हरेक वर्ष ४० हजारको मृत्यु

बङ्गलादेशमा पछिल्लो दशकमा क्षयरोगबाट हुने मृत्युदर निरन्तर घट्दै गएको छ । हालैका वर्षहरूमा वार्षिकरूपमा मृत्यु हुनेको सङ्ख्या ४०,००० पुगेको छ । यो सङ्ख्या १० वर्षअघिको तुलनामा आधा रहेको स्वास्थ्यमन्त्री जाहिद मालेकले बताएका छन् ।

‘दश वर्ष पहिले क्षयरोगबाट प्रत्येक वर्ष ८०,००० जनाको मृत्यु हुने गर्दथ्यो । यो अहिले ४०,००० मा झरेको छ’ जाहिद मलेकले एक कार्यशालामा उल्लेख गरेका छन् ।

उनका अनुसार क्षयरोगका ९७ प्रतिशत बिरामी नियमित औषधि सेवनले निको भइरहेका छन् ।

क्षयरोग विरुद्धको सरकारको सामुदायिक अधिकार तथा लैङ्गिक कार्य योजना २०२१–२३ सम्बन्धी कार्यशालामा मन्त्रीले स्वास्थ्य विकासको यो युगमा क्षयरोगबाट ४० हजार मानिसको मृत्यु हुनु राम्रो सङ्केत नभएको बताएका छन् ।

‘यसको मतलब क्षयरोगबाट दैनिक १०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने हामी कोभिड–१९ भाइरसबाट एक वा दुई जनाको मृत्युको बारेमा चिन्तित छौं यो पुनर्विचार गर्नुपर्छ ।’ उनले भने, ‘यो अवस्था धेरै चिन्ताजनक छ । मृत्युदर शून्यमा पु¥याउन हाम्रा सबै मन्त्रालयले मिलेर काम गर्नुपर्छ ।’

उनले क्षयरोग विश्वभर मृत्युको १३ औं कारण मध्येको एक भएको उल्लेख गरेका छन् ।

‘हामीले बङ्गलादेशमा धेरै रोगहरू नियन्त्रण गरेका छौं । हामीले देशलाई पोलियो, हैजा र झाडापखाला र टिटानसकै कारणबाट हुने मृत्यु रोकेका छौं । हामी क्षयरोग नियन्त्रण गर्न पनि काम गरिरहेका छौं उनले भने ।

सोमाली बालबालिकाको संरक्षणका लागि सहयोग गर्न राष्ट्रसङ्घको आह्वान

सोमालियाका बालबालिकाको संरक्षणका लागि आवश्यक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयोगले सो आग्रह गरेको समाचारमा जनाइएको छ ।

सो आगोगले सोमालियाका बालबालिकाको वर्तमान अवस्था निकै नाजुक रहेकाले तत्कालका लागि कम्तीम पनि ९० लाखभन्दा बढी अमेरिकी डलर उपलब्ध गराउन आग्रह गरेको हो ।

सो संस्थाले संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुका साथै विभिन्न दाता देश तथा संस्थाहरुलाई सो आग्रह गरेको हो । यहाँका बालबालिका द्वन्द्वको चपेटामा परेकाले उनीहरुमाथि शोषण भइरहेको, विद्यालय जान पनि नपाएका तथा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएकाले उक्त सहयोग रकम आवश्यक परेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी निकायले जनाएको छ ।

यहाँका बालबालिकाको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको र तत्कालका लागि कम्तीमा पनि २३ लाख बालबालिका निकै समस्यामा परेका पनि सो एजेन्सीले जनाएको छ ।

उनीहरुलाई आन्तरिक द्वन्द्वको चपेटाबाट मुक्त गर्न, विद्यालय जानसक्ने अवस्था सिर्जना गर्न तथा कुपोषण हटाउनका लागि आवश्यक खाद्यान्नको जोहो गर्नका पनि सो रकम आवश्यक रहेको उक्त एजेन्सीले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ९ : २३ बजे

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

वाशिङ्टन – अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो तीन महिनामा

कमला नदीमा पुल निर्माण चाँडै

सिरहा – सिरहा र धनुषालाई जोड्ने कमला नदीमाथि पुल निर्माणका

सबैको पहुँचमा खानेपानी पुर्‍याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइलाई सर्वसुलभ तथा सबैको

रोनाल्डो अझै दुई वर्ष अल नासरमै रहने, नयाँ सम्झौतामा हस्ताक्षर

काठमाडौं- साउदी प्रो लिग क्लब अल-नासरले ४० वर्षीय सुपरस्टार क्रिस्टियानो