चलचित्र ‘प्रकाश’ आजदेखि देशैभर प्रदर्शनमा  « Khabarhub

 चलचित्र ‘प्रकाश’ आजदेखि देशैभर प्रदर्शनमा 


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नायक प्रदीप खड्का अभिनीत चलचित्र ‘प्रकाश’ आजदेखि देशैभर प्रदर्शनमा आएको छ । चलचित्र निर्माण पक्षले बुधबार काठमाडौँको कमलपोखरीस्थित बिग मुभिजमा विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको थियो ।

दिनेश राउतको निर्देशन तथा नायक खड्का र नायिका दिया मास्केको मुख्य भूमिका रहेको उक्त चलचित्र जुम्लाको विकट ठाउँमा सरकारी शिक्षक बन्नका लागि गर्नुपरेको सङ्र्घष र मेहनतमा आधारित छ । चलचित्रको सम्पूर्ण छायांकन जुम्लामा नै गरिएको छ । 

चलचित्र हेरेका अधिकांश दर्शकले चलचित्रको कथावस्तु, सन्देश र कलाकारलाई पनि मन पराएका छन्  । निर्देशक तथा कलाकार दीपाश्री निरौलाले चलचित्रको कथावस्तुलाई निकै मन पराएका छन् । उनले चलचित्र उत्कृष्ट बनेकाले  दर्शकसँगै नेताले पनि यस चलचित्र नछुटाउन आग्रह गरेका छन् ।

त्यस्तै निर्देशक तथा अभिनेता खगेन्द्र लामिछानेले चलचित्रमा नायक खड्काको अभिनय हेर्दा आनन्द महसुस भएको चर्चा गरेका छन् । उनले चलचित्र हेर्दा कर्णालीभन्दा टाढा भए तापनि त्यहाँको जीवनमा आधारित भएकाले चलचित्र निकै नै राम्रो रहेको प्रशंसा गरे । विनिश इन्टरटेन्मेटको ब्यानरमा निर्माण भएको चलचित्रमा महेन्द्र अधिकारीको लगानी रहेको छ । चलचित्रको कथावस्तु विकास सुवेदीले लेखेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १ : ०६ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।