बाढी पहिरोबाट ९ सयको मृत्यु भएपछि पाकिस्तानमा राष्ट्रिय सङ्कट घोषणा « Khabarhub

बाढी पहिरोबाट ९ सयको मृत्यु भएपछि पाकिस्तानमा राष्ट्रिय सङ्कट घोषणा


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – पाकिस्तानमा सरकारले राष्ट्रिय सङ्कट घोषणा गरेको छ । लगातारको बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको र मानवीय तथा भौतिक क्षति भएकाले राष्ट्रिय सङ्कट घोषणा गरिएको हो ।

सरकारले बिहीबार राष्ट्रिय सङ्कट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रित गरिने जनाएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो समयमा आएका बाढी पहिरोका घटनामा परी नौ सय ३७ जनाको मृत्यु भएको छ ।

ती मध्ये तीन सय ४३ जना बालबालिका रहेका छन् । त्यसैगरी बाढी पहिरोका कारण अरु हजारौँ मानिस घाइते तथा विस्थापित भएका छन् भने लाखौँ मानिस प्रभावित भएका छन् ।

मृत्यु भएका मध्ये सबैभन्दा धेरै सिन्ध प्रान्तमा मृत्यु भएको छ । त्यहाँ ३०६ जनाको मृत्यु भएको पाकिस्तानी गृह मन्त्रालले जनाएको छ । पाकिस्तानमा पछिल्लो समय गत जुन १४ देखि बाढी पहिरोका घटना बढेका छन् ।

त्यसैगरी बालुचिस्तानमा दुई सय ३४, खैबर पख्तुन्ख्वामा एक सय ८५ जना र पन्जावमा १६५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पाकिस्तानमा अहिले अस्वभाविक रुपमा बर्षा भएको र त्यसको असर पनि अस्वभाविक नै रहेको अधिकारीहरुले जनाएका छन् ।

प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरण अनुसार सोही अवधिमा अरु एक सय १३ जना घाइते भएका छन् । त्यसैगरी हजारौँ मानिस घरबार विहिन भएका र उनीहरु मध्ये कतिपय अझै पनि अस्थायी शिविरमै रहेको प्राधिकरणले जनाएको छ ।

बाढी पहिरो गएका ठाउँमा उद्धार तथा राहतका लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरिएको छ । उनीहरुले घटनास्थलमा दयनीय अवस्था रहेकाले धेरै सहयोग सामग्रीहरुको आवश्यकता रहेको बताएका छन् ।

बाढी पहिरोले धेरै क्षति गरेकाले अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको अपेक्षा गरिएको पाकिस्तानी सरकारी अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १ : ०५ बजे

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले