‘चुनाव प्रजातन्त्रको उत्सव हो, तर भ्रष्टाचारको जड बन्यो’ « Khabarhub

विज्ञहरु भन्छन्ः

‘चुनाव प्रजातन्त्रको उत्सव हो, तर भ्रष्टाचारको जड बन्यो’


१० भदौ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपालमा निर्वाचन प्रक्रिया महंगो हुँदै जाँदा भ्रष्टाचार बढेर सामाजिक अवस्थालाई गम्भीर असर गरेको विज्ञहरुले बताएका छन् । सुशासनप्रेमी विभिन्न विषयका ज्ञाता तथा विज्ञहरुले चुनावलाई प्रजातन्त्रको उत्सव मान्नुपर्नेमा भ्रष्टाचारको बीउ रोप्ने कामका रुपमा चित्रित हुन थालेकोप्रति चिन्ता पनि व्यक्त गरेका छन् ।

नेपाल कानुन समाज र कन्स्च्यिुसन वाच ग्रुप संस्थाको संयुक्त आयोजनामा शुक्रबार काठमाडौँमा भएको ‘संविधान कार्यान्वयन ः नयाँ संसदका लागि एजेन्डा निर्माण’ विषयक कार्यक्रममा बोल्दै विज्ञहरुले निर्वाचन प्रक्रिया परिणाममुखी बनाउन समयमै ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।

पूर्वप्रधानन्यायाधीश तथा कन्सिच्युसन वाच ग्रुपका अध्यक्ष कल्याण श्रेष्ठले निर्वाचन सरकारलाई जवाफदेहि बनाउने अवसर र प्रजातन्त्रको लागि उत्सव भएपनि महंगो चुनावी प्रक्रियाले नेपाली समाजलाई गम्भीरतामा धकेलेको बताए । राजनैतिक दलहरु निर्वाचन कस्तो हुनुपर्छ भन्ने विषयमा ध्यान नदिई, केवल गठबन्धन बनाउनको निम्ति दौडधुप गरिरहेको अवस्थाले चिन्तित तुल्याएको उनले बताए ।

यस्तो अवस्थाले बहुदलिय व्यवस्थालाई नै खतरामा पु¥याउने वातावरणको सृजना हुन सक्ने सम्भावना रहेको पनि उनले चेतावनी दिए । यस्तै आम निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष हिमालय शमशेर राणाले संसदको अवस्था सन्तोषजनक नभएको बताए ।

‘देशको विकास र सुशासनको लागि गणतन्त्र चाहिन्छ । लोकतन्त्रलाई गतिशील बनाउन चुनावको अवश्यकता पर्दछ’ उनले भने, ‘संसद्को काम, कारबाही र अवस्था सन्तोषजनक छैन ।’ यसका लागि मतदातालाई शिक्षित बनाउनुपर्नेमा उनले जोड दिए ।

यस्तै राजनीतिशास्त्री तथा प्रोफेसर कृष्ण खनालले २०४८ सालपछि तीन वटा फरक फरक प्रकृतिबाट संसद चलेपनि उदाहरणीय नभएको तर्क गरे । तीन वटा ३ संसदको उत्पादकतामाथि उठेको प्रश्नलाई गम्भीर अध्ययन गर्नु पर्नेमा उनले जोड दिए ।

पार्टीहरु जुट्ने र फुट्ने काम भएको तर त्यसको कारणबारे अध्ययन हुन आवश्यक देखिएको उनले बताए । यस्तै एमाले नेता सुरेन्द्र पाण्डेले आउने पाँच वर्षमा संसदले पनि अहिलेको राजनैतिक समस्या हल नहुने बताए ।

यस्तै कार्यक्रममा व्यवसायी तथा पेभेलियन मिडियाका अध्यक्ष नरेश श्रेष्ठले संसदीय प्रणालीलाई सुधार गर्नुपर्नेमा जोड दिए । उनले आगामी दिनमा संसदीय प्रक्रिया सुधार गर्न राजनीतिक दलका नेताहरु जिम्मेवार हुनुपर्ने आवश्यकता औल्याएका थिए ।

यस्तै कार्यक्रमका अन्य सहभागीले पनि निर्वाचन प्रक्रियालाई सहज बनाएर निर्वाचनपछिको कामलाई उपलब्धीमुलक बनाउनुपर्नेमा जोड दिएका थिए ।

 

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  १० : १४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको