कुनैपनि कामको सम्पूर्ण कार्य नै सोचाई हो « Khabarhub

कुनैपनि कामको सम्पूर्ण कार्य नै सोचाई हो


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भगवान गौतम बुद्ध एक अन्तरज्ञानी थिए र गुरु पनि । उनले नै बुद्ध धर्मको जग बसालेका हुन् । बुद्ध इसा पूर्व ५६३ को छैठौं शताब्दीमा जन्मिए भने ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा उनको निधन भयो । तर, अहिले पनि उनका विचारहरु अजम्बरी बनेर बसेका छन् । यहाँ हामीले उनको एउटा भनाई उल्लेख गरेका छौं । जुन भनाईं तपाईंको लागि पनि उत्प्रेरणाको स्रोत बन्न सक्छ ।

भगवान गौतम बुद्धले भनेका थिए, ‘अहिले तपाईं हामी जे छौं त्यो सबै आफूले जे जस्तो सोचिरहेका छौं त्यसैको परिणाम हो । यदि तपाईंले गलत विचार सोच्नुहुन्छ भने तपाईंलाई दुःख एवं पीडा प्राप्त हुन्छ । तर तपाईंले स्वच्छ र सकारात्मक सोचाई राखेर कुरा गर्नुभयो भने मान्नुस् तपाईंलाई खुशी मिल्छ । यति कुरा बुझ्नुस् की सोच अनुसारको व्यवहार भनेको एकप्रकारको छायाँ जस्तै हो जसले कहिल्यै पनि छाड्दैन ।

बुद्धले यो पनि भनेका थिए, दिमाग नै सबै कुरा हो, तपाईं जे सोच्नुहुन्छ त्यही बन्नु हुन्छ । त्यसैले यदि खुशीपूर्वक बाँच्नु छ भने तपाईं हामीले आफ्नो दिमागलाई राम्रो र दयावान सोचाईले हेर्नुपर्छ । तपाईंले नकारात्मक सोचाईलाइ आत्मसात गर्नुभयो भने त्यसले बिस्तारै तपाईंलाई बर्वादीको बाटोमा पुर्‍याउँछ ।

किनभने तपाईं हामीले जसरी सोच्छौं त्यो सोचाईले नै तपाईं हाम्रो कामलाई असर गर्छ , त्यही अनुसार नै हामीले कर्म गर्छौं र हाम्रो कर्मले नै हामीले के पाउँछौं भन्ने कुरा निर्धारण गर्दछ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  १ : ५९ बजे

त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको छानबिन गर्न समिति

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र परीक्षाकै क्रममा

आमा बन्दै गायिका दुलाल, दिइन् घुमाउरो तरिकामा जानकारी

काठमाडौं- नयाँ तीजको बहाना पारेर गायिका सुनिता दुलालले दर्शकलाई आफू

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : पासाङ दावा शेर्पा

काठमाडौं– सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)