‘पोलर बियर’को आतंकपछि त्रास, संकटकाल घोषणा | Khabarhub Khabarhub

‘पोलर बियर’को आतंकपछि त्रास, संकटकाल घोषणा


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पोलर बियर अर्थात् ध्रुवीय भालुले आतंक मच्चाएपछि रुसी अधिकारीहरुले सुदुर उत्तरी नोभाया जेम्ल्या टापुमा रहेका मानववस्तीमा संकटकालको घोषणा गरेका छन् ।

खानेकुराको अभावमा भोकमरीले ग्रस्त भालुहरुको ठूलो समूहले ३ हजार जनसङ्ख्या रहेको टापुमा अतिक्रमण गरेको बताइएको छ । भालुको अतिक्रमणका कराण स्थानीयहरुले सहयोगको याचना गरेपछि त्यहाँ संकटकालको घोषणा गरिएको हो ।

भालुले गरिरहेको अतिक्रमणको अध्ययन तथा त्यसको समाधानका लागि त्यहाँ वातावरणसम्बन्धी विशेषज्ञको टोलीलाई परिचालन गरिएको अधिकारीले जनाएका छन् । नोभाया जेम्ल्या टापु सुमेरु बृत्तमा पर्छ ।

रुसमा ध्रुवीय भालुलाई संकटग्रस्त प्रजातीको सूचिमा राखिएकाले भालुलाई मार्न पाइँदैन । विश्वव्यापी तापक्रम बृद्धिका कारण ध्रुवीय क्षेत्रमा बसोबास गर्ने भालुहरु मानववस्ती भएका क्षेत्रतर्फ आकर्षित भइरहेको बताइन्छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ९ : ३८ बजे

दृष्टिविहीन छात्र छात्रवासमै मृत फेला

पर्वत– पर्वत सदरमुकाम कुश्मा बजारस्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत एक

प्रवीण खतिवडालाई लिएर फिल्म ‘शिवांश’ निर्माण घोषणा

काठमाडौं – नायक प्रवीण खतिवडलाई केन्द्रीय भूमिकामा राखेर फिल्म ‘शिवांश

लहान चोकको सहिद स्मारक स्थानान्तरण

सिराहा– मधेश आन्दोलनका पाँच सहिदहरूको स्मृतिमा निर्मित यहाँको लहानस्थित मुख्यचोकमा

खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्री नियुक्त

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजालाई नियुक्त