पाँच विधामा आठ व्यक्तित्व सम्मानित « Khabarhub

पाँच विधामा आठ व्यक्तित्व सम्मानित


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कला, सङ्गीत, साहित्य, अपाङ्गता र सामाजिक क्षेत्रका आठ व्यक्तित्व सम्मानित भएका छन् । एक सय ५७औँ मोती जयन्तीका अवसरमा उनीहरूलाई शनिबार सम्मान समर्पण गरिएको हो ।

सार्थक प्रकाशन बागलुङले विसं २०७८ को ‘सार्थक मोती सम्मान’ बलेवाका कमलकुमार जिसी र विसं २०७९ को सुदर्शनकुमार श्रेष्ठलाई प्रदान गरेको हो । जिसी अपाङ्गता भएका व्यक्तिको शिक्षा र अधिकारका पक्षमा वकालत गर्दै आएका छन् । म्याग्दीका श्रेष्ठ सामाजिक सेवाका क्षेत्रमा क्रियाशील छन् ।

यस्तै धवल कला मन्दिरका तर्फबाट चार कलाकार सम्मानित भए । विसं २०७८ को ‘धवल मोती सम्मान’बाट कलाकार नारायणप्रसाद श्रेष्ठ मृत्युपर्यन्त र मुकुन्द शाक्य सम्मानित भए । यस वर्षको उक्त सम्मान कलाकारद्वय बेदविक्रम शाक्य र मधुसुदन श्रेष्ठलाई प्रदान गरिएको हो ।

उनीहरु कला र सङ्गीत विधातर्फबाट सम्मानित भएका हुन् । सोही समारोहमा स्मृति प्रकाशन बागलुङले बर्सेनि प्रदान गर्ने ‘स्मृति युवा सम्मान’ यस वर्ष दुई युवा स्रष्टालाई प्रदान गरिएको प्रकाशनका अध्यक्ष काजी रोशनले जानकारी दिए ।

विसं २०७८ को सम्मान पर्वत पाङका स्रष्टा गुणराज पौडेल ‘गुराँस’ र यस वर्षको सम्मान बागलुङको जैमिनी नगरपालिका निवासी स्रष्टा निर्मला सुवेदीलाई प्रदान गरिएको हो । पौडेलको मुक्तक कृति प्रकाशित छ भने सुवेदी जैमिनी साहित्य मञ्चका अध्यक्ष हुन् ।

समाजसेवी देवबहादुर श्रेष्ठ र प्रकाशनका अध्यक्ष रोशनले सम्मानित व्यक्तित्वलाई खादासहित सम्मानप्रत्र प्रदान गरेका छन् । गत वर्ष कोभिड–१९ का कारण कार्यक्रम स्थगन भएपछि दुई वर्षको सम्मान एकैसाथ प्रदान गरिएको हो ।

समाजका विभिन्न क्षेत्रमा क्रियाशील रही योगदान दिएका व्यक्तिलाई सम्मान गरिएको प्रकाशनका अध्यक्ष रोशनले बताए । मोती जयन्तीमा कला, सङ्गीत र साहित्य क्षेत्रमा क्रियाशील व्यक्तित्व सम्मानित हुँदै आएका छन् ।

सार्थक प्रकाशन, धवल कला मन्दिर र स्मृति प्रकाशनले संयुक्तरूपमा मोती जयन्ती मनाउँदै आएका छन् । सो समारोहमा कलाकार र सर्जकले आफ्नो प्रस्तुति राखेका थिए । ‘समाजका विविध क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई बर्सेनि मोती जयन्तीमा सम्मान गर्दै आइरहेका छौँ’, प्रकाशनका अध्यक्ष काजी रोशनले भने ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ७ : ४२ बजे

पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय

इस्लामाबाद– पकिस्तानको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली ‘इन्टर–सर्भिस इन्टेलिजेन्स जासुसी” एजेन्सीका

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु– दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता

एनपीएलको दोस्रो क्वालिफायरमा विराटनगरले टस जित्यो, पहिले फिल्डिङ गर्ने

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत दोस्रो क्वालिफायरमा आज विराटनगर किङ्ग्स

विश्व शान्ति कार्यक्रम’ लुम्बिनीमा आजबाट सुरु

लुम्बिनी– लुम्बिनीको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फरेन्स हलमा तीन दिने ‘विश्व शान्ति

११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

म्याग्दी– जिल्ला सदरमुकाम बेनीमा ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद