पिपुल्स पावरको आईपीओ आज दिउँसो बाँडफाँट हुँदै « Khabarhub

पिपुल्स पावरको आईपीओ आज दिउँसो बाँडफाँट हुँदै


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पिपुल्स पावर कम्पनीको आईपीओ आज आइतबार बाँडफाँट हुँदैछ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौंमा दिउँसो २ बजे आईपीओ बाँडफाँट गर्ने तयारी भएको छ । यसको प्री-अलोटमेन्ट गत बुधबार नै सम्पन्न भइसकेको छ ।

यसमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । जसमा २ लाख २९ हजार ४६८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ । यसमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

कम्पनीले साउन ३१ गतेबाट भदौ ५ गतेसम्म सर्वसाधारणका लागि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ जारी गरेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ९ : ५० बजे

काठमाडौँस्थित मस्जिदमा नमाज पढ्दै मुस्लिम समुदाय (तस्बिर)

काठमाडौँ– मुस्लिम धर्मालम्बीहरुको महान् पर्व बकर इद (इदुल जोहा) आज

एसियाली छनोट : आज इन्डोनेसियासँग भिड्दै नेपाल

काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले एसियाली खेलकुदको महिला छनोटमा

पर्वले भाइचाराका साथ एकापसमा मिलेर बस्न प्रेरित गर्दछ : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र

बक्स अफिसको नयाँ दृश्य : नायिका लिड रहेका फिल्मलाई पनि व्यापारिक सफलता

काठमाडौं – ‘कलाकारहरूले अनुहारले हलमा कति दर्शक तान्छ ?’ भन्ने

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक