सडक दुर्घटनामा दिदी भाइको मृत्यु « Khabarhub

सडक दुर्घटनामा दिदी भाइको मृत्यु


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – रुपन्देहीको तिलोत्तमामा भएको सडक दुर्घटनामा दिदी भाइको मृत्यु भएको छ । दुर्घटनामा तिलोत्तमा–३ शङ्करनगरकी १२ वर्षीया समीक्षा खराल र उनका सात वर्षीय भाइ सुग्रीम खरालको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रवक्ता मोहनबहादुर खाणले जानकारी दिए ।

आज साँझ तिलोत्तमा नगरपालिका–६ गोरकटास्थित भित्री सडकमा लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चार घाइते भएका छन् । उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  १० : ०५ बजे

२५ सय सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ– बितेका २४ घण्टामा दुई हजार चार सय बयानब्बे सवारी

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ– भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको

पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

पाँचथर– बर्सेनि पाँच हजारभन्दा बढी पर्यटक पुग्ने पाँचथरको पर्यटकीय क्षेत्र