पाकिस्तानविरुद्ध भारतको रोमाञ्चक जित « Khabarhub

पाकिस्तानविरुद्ध भारतको रोमाञ्चक जित


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसिया कप क्रिकेट अन्तरगत पाकिस्तानसँगको खेलमा भारत विजयी भएको छ । आइतबार राती दुबईमा भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै प्रतियोगितमा भारतले सुखद सुरुवात गरेको हो ।

पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।भारतको जितमा रविन्द्र जडेजा र विराट कोहलीले समान ३५ ३५ रन बनाए । यस्तै हार्दिक पाण्डयले अविजित ३३ रन बनाए ।पाकिस्तानका मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो ।पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाए । इफ्तिखर अहमेदले २८ रन जोड्दा कप्तान बाबर आजम १० रनमा आउट भए ।

भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए । हार्दिक पाण्डयले ३ तथा अश्रदिप सिंहले २ र आभेस खानले १ विकेट लिए ।यस जितसँगै समूह ए को भारतले पहिलो खेलमा २ अंक जोडेको छ ।

 

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १२ : ०४ बजे

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति