पूर्वप्रधानन्यायाधीशविरुद्ध नै मुद्धा दायर « Khabarhub

पूर्वप्रधानन्यायाधीशविरुद्ध नै मुद्धा दायर


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण कोरियाली अभियोजनकर्ताले पूर्व प्रधानन्यायाधीशले शक्तिको दुरुपयोग गरेको तथा बेइमानी गरी आफ्ना फैसला सुनाउने गरेको अभियोगमा अभियोग दर्ता गरेका छन् ।

सन् २०११ देखि सन् २०१७ सम्म प्रधानन्यायाधीश रहेका याङ सुन ताएले त्यसबीच गरेका फैसलामा गम्भीर अनियमितता भएको भन्दै उनीविरुद्ध ४७ अभियोगमा मुद्धा दर्ता गरिएको दक्षिण कोरियाको योन्हाप समाचार संस्थाले जनाएको छ ।

उनीमाथि दोश्रो विश्वयुद्ध ताका कोरिया जापानको अधिनमा रहँदा जापानी कम्पनीले प्रयोग गरेको बधुँवा मजदुरका विषयमा अनियमितता गरी फैसला सुनाएको अभियोग लागेको छ । त्यस्तै उनले पूर्व राष्ट्रपति पार्क गुन हेइको सरकारलाई फाइदा पुग्नेगरी केही विवादास्पद फैसलामा ढिलाई गरेको पनि अभियोग पत्रमा उल्लोख भएको योन्हापले जनाएको छ ।

प्रहरीले उनलाई गत महिना गिरफ्तार गरेको थियो । यससँगै याङ दक्षिण कोरियामा आफ्नो फैसलाका विषयलाई लिएर मुद्धा दायर खेप्ने पहिलो पूर्वप्रधानन्यायाधीश बनेका छन् । उनको मुद्धाका विषयमा हुने सुनुवाईको मिति भने तोकिएको छैन ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ९ : ३० बजे

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान

नेपालका लागि चीनको चार बुँदे ‘रोड म्याप’ले भारतमा चर्चा पायो

काठमाडौं- चीनले नेपालसँगको सम्बन्धलाई लिएर चार सूत्रीय रोडम्याप प्रस्तुत गरेको

अवैध लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग 

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा

अल्टिमेटमपछि सुकुम्वासी आक्रोशित, विकल्प नदिए पुरानै ठाउँमा छाप्रो हाल्ने (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा राखिएको सुकुम्वासीहरूलाई भोलि १२